काठमाण्डौं, चैत्र ८ । कोरोनाको संभावित जोखिम रोक्न राजधानीकै ठूला अस्पतालहरुमा समेत पूर्व तयारी कमजोर देखिएको छ । बागमति प्रदेशका सांसद एवं स्थानीय जनप्रतिनिधि र समाजसेवीहरुको एक समुहले शुक्रबार सिभिल अस्पताल, भेनस र भरोसा अस्पतालमा अनुगमन गर्दा पूर्वाधार र मेडिकल उपकरण कमजोर देखिएको भेटिएको हो ।
प्रदेश सांसद दीपेन्द्र श्रेष्ठले सिभिल अस्पताल वानेश्वरमा समेत कोरोना परीक्षणको किट नरहेको र सामान्य ज्वरो नाप्ने उपकरण मात्र रहेको साथै आईसोलेसन वार्ड पनि कमजोर रहेको पाईएको बताए ।
यस्तै भेनस र भरोसामा पनि उस्तै अवस्था छ । सामान्य आईसोलेसन राखिए पनि अन्य उपकरण नरहेको र बिरामी त्याहाँ जानासाथ शंका लागेमा टेकु रिफर गर्ने गरेको र टेकुमा पनि ईन्फ्लुएन्जा परीक्षण गर्ने बाहेक कोरोना परीक्षणको किट कमी रहेको सुनेको भन्दै समयमै थप सतर्कता र तयारी गर्नु पर्नेमा सांसद श्रेष्ठले जोड दिए ।
अब नर्भिक , एभरेष्ट लगायतका अस्पतालको पनि अनुगमन गर्ने उनले बताए ।

सबैतिरबाट एउटै टेकुको ल्याबमा मात्रै भर पर्ने हो भने भोली एकै पटक ठूलो संख्यामा मान्छे बिरामी भए भने के गर्ने ? भएको केही सीमित साधन पनि भिआईपीका नाममा प्रयोग हुने र सर्वसाधारणले दुखः पाउन सक्ने भन्दै उनले बेलैमा तयारी बढाउनु पर्ने बताए ।
श्वास्थ्य मन्त्रीले सरकारले क्वारेन्टाईनमा राख्न सक्दैन, आफै घरैमा बस्नुस् भनेको किन रहेछ भने अस्पतालमा परीक्षण गर्ने उपकरणनै रहेनछ, श्रेष्ठले व्यग्य गरे ।
आईसोलेसन वार्ड, परीक्षण उपकरण र श्वास्थ्यकर्मीहरुको तैनाथी राम्रोसगँ गर्नु पर्नेमा श्रेष्ठले जोड दिए ।
अनुगमनमा प्रदेश सभाका सासद दिपेन्द्र श्रेष्ठ, राजेन्द्र गुरुङ, ११ नं वडा अध्यक्ष हीरा तण्डुकार लगायतको टोली सहभागी थियो ।
