चैत ९ देखि १८ गतेसम्म सबै हवाई उडान स्थगित, १० गतेदेखि लामो दुरीका सवारी चलाउन रोक

चैत ९ देखि १८ गतेसम्म सबै हवाई उडान स्थगित, १० गतेदेखि लामो दुरीका सवारी चलाउन रोक

  • शुक्रबार, चैत्र ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

७ चैत, काठमाडौं ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट सतर्क हुन सरकारले चैत १० गतेदेखि लामो दुरीका सवारीसाधन सञ्चालनमा अनिश्चितकालीन रोक लगाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै सवारी सञ्चालनमा रोक लगाइएको घोषणा गरेका हुन् ।

यस्तै, ९ गतेदेखि लागू हुने गरी १८ गतेसम्म सबै हवाई उडान स्थगित गर्ने र अत्यावश्यक बाहेक सबै कार्यालय बन्द गरिने प्रधानमन्त्रीले जानकारी गराए ।

यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले २५ जनाभन्दा धेरै जम्मा नहुन र सबै शैक्षिक संस्थाको परीक्षा र पठनपाठन बन्द गर्ने निर्णग गरिसकेको छ।

त्यस्तै सरकारले सीमा नाकाबाट आउनेहरुको अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरेको प्रधानमन्त्री ओलीले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ