किन कार्बाही भएन रौतहटमा २८ जनाको बलात्कार र बर्बर हत्याकाण्डका दोषीमाथि  ?

किन कार्बाही भएन रौतहटमा २८ जनाको बलात्कार र बर्बर हत्याकाण्डका दोषीमाथि  ?

  • शुक्रबार, चैत्र ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 33.7K
    SHARES

ठमाडौं चैत्र ७ । आज चैत ७ गते गौरमा धेरैका लागि सम्झदै कहाली लाग्ने दिन । ६३ सालमा आजकै दिन २८ जनालाई विभत्स हत्या र बलात्कार गरिएको थियो माओवादी कार्यकर्ताहरुलाई र सर्वसाधारणलाई । यसै दिनको घटनामा वेपत्ता भएका ५ जना अझै सार्वजनिक हुन सकेको छैन । गौर हत्याकाण्डको रुपमा चिनिने यस काण्डका मुख्य दोषी त्यतिखेर उपेन्द्र यादव हुन् भन्ने माओवादीको दावी थियो । किन भने त्यस दिन शुरुवाती झडपमा यादवको फोरमका कार्यकर्ता आएका थिए माओवादीसगँ ।
सहमतिमा एकै स्थानमा पालै पालो कार्यक्रम गर्ने सहमति अनुसार माओवादी निकट मधेशी मुक्ति मोर्चाले कार्यक्रम गरीरहेको बेला खुडा, भाला र अदृष्य रुपमा अज्ञात बन्दुकधारीहरुले एक्कासी प्रवेश गरेर माओवादी कार्यकर्ताहरुमाथि आक्रमण गरेका थिए । उनीहरुले अचानक हमला गरे पछि दिउसो त्यतिधेर ैमानिसहरुको ज्यान गयो ।
स्वचालित हतियार उपेन्द्र यादवको फोरमका कार्यकर्ताबाट कसरी पुग्यो ? उनीहरुले कतिपय घाईतेलाई ढुंगाले किचेर कुटी कुटी र कतिलाई घाटीँ थिचेर मारेका थिए ।

महिलाहरुलाई बाँसको भाटाले संवेदनशील अंगहरुमा घोचेर, बलात्कार गरी स्तन काटेर छट्पटीरहेको अवस्थामा जिउँदै आगो लगाएर विभत्स तरीकाले मारिएको थियो ।

स्थानीय प्रत्यक्षदर्शीहरुको भनाइमा मधेसी राष्ट्रिय मुक्ति मोर्चार्का कार्यकर्ताहरु निःशस्त्र थिए । उनीहरुले प्रतिरोध गर्ने मौका पाएनन् ।

फोरमका सशस्त्र कार्यकर्ताहरुले ज्यान बचाउन भाग्दै गरेका निशस्त्र मोर्चा कार्यकर्ता तथा र्सवसाधरणहरुलाई गौरभन्दा सात आठ किलोमिटर टाढासम्म गौंडा कुरेर तथा लखेटी लखेटी पासविक हत्या गरेका थिए । यो बर्बरतापूर्ण घटनाका दोषीहरुले अझै सजाय पाउन सकेका छैनन् । यो पाशविक घटनाका पीडितहरुले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । मधेशी नागरिक समाजका संयोजक गणेश मण्डल घटनाका दोषीमाथि कडा भन्दा कडा कारवाहीको माग गर्छन् ।

उनले भने, ‘महिलाहरुलाई यति पाशविक किसिमले मारेको ईतिहाँसमा अहिलेसम्म छैन् होला, म तपाईसँग विवाह गर्छु मलाई नमार भन्दा पनि छाडेका छैनन्, यस्ताहरुलाई कडा भन्दा कडा कारवाही हुनैपर्छ ।’

यस घटनाको मुख्य दोषी पुर्व मन्त्री उपेन्द्र यादव रहेका छन् । साथै उनलाई नजिकबाट सहयोग गर्ने अपराधिक गिरोहहरु बबन सिंह, ललन सिंह, चन्द्रीका सिंह, भुषण सिंह, अजय गुप्ता, बाबुलाल साह, गौरी शंकर, गगनदेव बैठा, शम्भू साह, बलराम सिंह कुँवर, गणेशमान यादव लगायत पनि दोषी छन् ।

घटनापछि उपेन्द्र यादव पटक(पटक मन्त्रीसमेत भइसकेका छन् । उनलाई माओवादीले नै पटक पटक काधमा राखेर सत्तामा पुर्यायो । पूर्व माओवादी नेता बाबुराम भट्टराई उपेन्द्र यादवसगैं मिलेर पार्टी एकता गरेका छन् ।
तर यत्रो विभत्स हत्याकाण्डका लागि यादवमाथि कुनै छानविन नभएको भन्दै आलोचना हुदै आएको छ ।

सरकारले गौर घटना छानबिनका लागि तात्कालिन सर्वोच्च अदालतका न्यायधीश खिलराज रेग्मीको नेतृत्वमा २०६४ मा छानबिन समिति गठन गरेको थियो ।

उक्त छानबिन समितिले अध्ययन पश्चात सरकारलाई रिपोर्ट दियो । सो रिपोर्ट अहिलेसम्म सार्वजनिक भएन । सत्ता र शक्तिको स्वार्थले गर्दा यति धेरै मानिसको विभत्स हत्याका पीडितले न्याय पाउन नसकेको ती परिवारहरुको गुनासो छ ।

दोषीलाईकार्बाही गर्नुको साटो राज्यले संरक्षण र प्रोत्साहन गर्नाले समस्या अझै समाधान भएको छैन । एकातिर त्यतिखेर १७ हजारको ज्यान जाने गरी भएको जनयुद्धका नेताहरु नै सत्ता लिप्सा र स्वार्थमा लागे भने सत्ता स्वार्थका कारण उपेन्द्र यादवलाई नै बोक्दै हिडेकाले पनि पीडितले न्याय पाउन नसकेको गुनासो हुने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ