आफ्नै जनतालाई स्वदेश आउन प्रतिवन्ध ?

आफ्नै जनतालाई स्वदेश आउन प्रतिवन्ध ?

  • शुक्रबार, चैत्र ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

कोरोनाको संभावित महाविपद आउन सक्छ भनेर पूर्व तयारी स्वरुप प्रचार गरिएका केही कुराहरु ठीकै छन् । स्कुल कलेज बन्द गर्ने, परीक्षाहरु स्थगित गर्ने , अन्तराष्ट्रिय उडान र यात्रामा प्रतिवन्ध लगाउने , सिनेमाहलहरु बन्द गर्ने कुरा ठीकै छ । यो एउटा लक डाउनको रिहर्सल होला ।
तर समस्यामा पर्न सक्ने अति जोखिममा रहेका खाडी, कोरीया लगायतका मुलुकमा रहेका आफ्नै देशका नागरिकमाथि पनि घर आउनै प्रतिवन्ध लगाउने निर्णय चाहँी कसरी भयो ? बरु सरकारले भन्न सक्थ्यो सके सम्म सुरक्षित रहनु होला , कोशिस गर्ने छौं ।
तर घरै आउन सरकारले प्रतिवन्ध लगाएको कुराले रोजगारीमा गएका युवाहरुको मनमा पीडा कति पर्दो हो ? त्यति मात्रै हैन सरकार कति निरीह छ भन्ने कुराको पनि संकेत हैन र यो ?
भारतले चीनम रहेका, ईरानमा रहेका आफ्ना नागरिकहरु ल्याईरहेको छ । अरु देशले संक्रमित देशबाट आफ्ना नगरिकहरु लगिरहेका छन् र आईसोलेसनमा राखेका छन् । सरकारले शुरुमा चीनबाट एक सय ७५ जनालाई ल्याएर राम्रै सन्देश दिएको पनि थियो ।
तर कहिले श्वास्थ्य मन्त्रीले सरकारले क्वारेन्टाईनमा राख्न सक्दैन, आफै बस्नु पर्छ भन्ने, कोरोनाको शंका लागेका एक युवाले नवलपरासी देखि चितवन हुदै काठमाण्डौं सम्म आईपुग्दा उपचार र भर्ना अस्पतालमा हुन नपाउने यो कस्तो व्यवस्था भएको छ हाम्रो देशमा ?
मिडियामा आउने समाचार र नेता मन्त्रीका मात्र भाषणले देश र जनताको रक्षा होला त ? आफ्नो घरमा आफै बास नपाईने हो कि भन्ने चिन्ता नागरिकमा हुन थाल्यो । अहिले कतिको भिसा सकिएको होला ? कतिलाई त्याहाँको सरकारले राम्रो केयर गर्न नसकेको होला ? बरु उनीहरुलाई आउन चाहनेलाई आईसोलेसनमा राखेर घर जान दिनु उपयुक्त हुने छ ।
यो ठूलो विपतको बेला विश्वभरका जनताले , सरकारहरुले एक भएर काम गर्नु पर्ने अवस्था छ । तर हाम्रो देशमा सरकार र तिनका मन्त्रीहरु जनताको भावनामा असर पर्ने गरी अभिव्यक्ति दिने र निर्णहरु गर्ने काम गर्दछन् भने यसको सन्देश राम्रो जादैन ।
कोरोनाका बिरुद्ध सबै एक हौऔं, मिलेर सहकार्य गरौं , सरकारले जनताको भावनाको सवोधन गरी साथ लिने तिर जानु पर्छ नकि चिढ्याउने र भड्काउने तिर ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ