चैत्र ७ काठमाण्डौं । सरकारले कुनै पनि संकट आउन नदिने, अस्पतालहरु बनाएको समाचारहरु आईरहे पनि कोरोनाको शंका गरिएका नवलपरासीका एक युवा उपचर नपाएर छटपटाईरहेका छन् । जिल्लामा श्वास्थ्यकर्मीले छुन समेत नमानेको र अस्पतालले भर्ना गर्न नमानेको परिवारको गुनासो छ ।
चार वटा अस्पतालमा जाँदासमेत कसैले उनलाई भर्ना गरेका छैनन् ।
तीन दिनअघि खोकी लाग्ने, टाउको दुख्ने र ज्वरो आएका पश्चिम नवलपरासी रामग्राम नगरपालिका–१६ हकुइका ३५ वर्षीय एक युवकलाई परासी, बुटवल, चितवन र काठमाडौंका अस्पतालले भर्ना लिन नमानेपछि बिरामी अलपत्र परेका हुन् ।
उनको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ । बिरामी ट्रक चालक हुन् । सुरुमा खोकी र ज्वरो आएको उनलाई परासीको एक क्लिनिक र्पुयाइएको र त्यहाँबाट पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी पठाएपछि अस्पतालले प्रादेशिक अस्पताल बुटवल रिफर गरेको थियो ।
प्रादेशिक अस्पतालमा सामान्य चेकजाँच पछि त्यहाँका चिकित्सकले कोरोनाको आशंका गर्दै मेडिकल कलेज चितवन पठाएकोमा कोरोनाको लक्षण भन्दै त्याहाँबाट पनि काठमाण्डौं पठाइएको थियो ।
तीन दिनसम्म अस्पताल खोज्दै हिँडेका आफन्तले बिरामीलाई कलंकीको एक निजी अस्पतालमा र्पुयाएका थिए ।
उक्त अस्पतालले टेकु अस्पताल पठाएपछि बिरामीका आफन्तले निको नहुने सोचले पुन हिजो परासी अस्पताल ल्याएका थिए ।