निगमले ग्यास आपूर्ति बढायो, उपभोत्ताले सहजै पाउदैनन्: के व्यापारी नै कालोबजारी गर्छन् ?

निगमले ग्यास आपूर्ति बढायो, उपभोत्ताले सहजै पाउदैनन्: के व्यापारी नै कालोबजारी गर्छन् ?

  • शुक्रबार, चैत्र ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, ७ चैत ।
सरकारले बजारमा पर्याप्त ग्यास छ भनेर दाबी गर्दै आए पनि उपभोक्ताले सहजै ग्यास खरिद गर्न पाएका छैनन् । एउटा ग्यास सिलिन्डरका लागि एक सातासम्म लाइन बस्नुपर्ने अवस्था छ ।

निगमले मासिक ३८ हजार मेट्रिक टन ग्यास आयात गर्दै आएकामा पछिल्ला दुई सातामा २५ हजार ६ सय ४९ मेट्रिक टन ग्यास आयात गरेको छ । बजारमा ग्यासको माग बढेपछि आपूर्ति सहज गर्न कोटा बढाएर ४५ हजार पु¥याइएको छ । निगमले बजारमा आपूर्ति सहज गर्न १६ दिनमा मात्र १८ लाख ६ हजार २ सय २ वटा सिलिन्डर बजारमा पठाएको छ । तर, उपभोक्ताले ग्यास सहजै पाउन सकेका छैनन् ।

व्यापारीले कालोबजारी गर्न थालेपछि पर्याप्त ग्यास हुँदा हुँदै पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाएको राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले बताए । महर्जनले भने, ‘सरकारको बजार अनुगमन प्रभावकारी नहुँदा व्यापारीले ग्यासमा कालोबजारी थालेका छन् । विश्वमै कोरोना भाइरसको त्रास बढिरहेको अवस्थामा बजारमा अहिले आएको अराजकतालाई रोक्न सरकारले उपभोक्ता संरक्षण ऐन २०७५ मा टेकेर अनुगमन गर्दा पुग्दैन । कालोबजारी ऐन २०४२ मा टेकेर अनुगमन हुनुपर्छ । बजार अनुगमनमा वाणिज्य विभाग र मन्त्रालय मात्र नभएर जिल्ला प्रसाशनलाई पनि सशक्त गराउनुपर्छ ।’

निगमका प्रवक्ता वीरेन्द्र गोइतले अहिलेको बजार मागलाई आपूर्ति सहज गर्न यो महिनामा निगमले ५५ हजारदेखि ६० हजार मेट्रिक टन ग्यास आयात गर्ने बताए । ५५ हजार मेट्रिक टन ग्यास आयात हुँदा ग्यासको कुनै समस्या नहुने उनको भनाइ छ ।

प्रवक्ता गोइतले उपभोक्ताले आवश्यकभन्दा बढी खाली सिलिन्डर भर्न थालेपछि ग्यास आपूर्तिमा समस्या देखिएको बताए । निगमले आवश्यकभन्दा बढी ग्यास आयात गरिरहेको हुँदा ग्यास पाइँदैन कि भनेर त्रास हुनु नपर्ने उनले बताए ।
निगमको तथ्यांकअनुसार अहिले बजारमा दैनिक १ लाख ३१ हजार ५ सय ग्यास सिलिन्डर बजारमा बिक्री भइरहेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सञ्चालनमा ल्याएको टोल फ्रि नम्बर ११३७ मा आउने फोनमध्ये ८० प्रतिशत गुनासो ग्यास नपाएको आउने गरेको विभागका अनुगमन शाखा अधिकृत दीपक पोखरेलले बताए । उनका अनुसार साता दिनअघि नेपाल ग्यास नपाएको गुनासो आउने गरेको थियो भने अहिले सबै जस्तो कम्पनीको ग्यास नपाएको गुनासो आउने गरेको छ ।राधानी दैनीकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ