एजेन्सी, ७ चैत ।
शुक्रबार बिहानै काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।
चीनको पश्चिमी सीजाङमा गएको ५.६ रेक्टर स्केलको भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । केन्द्रले भनेको छ, आजको भूकम्पको केन्द्रविन्दु नेपालभित्र हैन यसबारे आधिकारिक जानकारी आउन बाँकी छ ।
यसको केन्द्रविन्दु काठमाडौँ भन्दा १८७ किलोमिटर उत्तरपूर्व रहेको थियो । यसअघि चैत २ गते कास्की केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline