वाग्मती प्रदेश नेकपा मुख्य सचेतकमा पाण्डे

वाग्मती प्रदेश नेकपा मुख्य सचेतकमा पाण्डे

  • बिहिबार, चैत्र ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का मुख्य सचेतकमा प्रदेशसभा सदस्य केशवराज पाण्डे नियुक्त हुनुभएको छ । पाण्डेलाई नेकपा संसदीय दलका नेता तथा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुख्य सचेतकमा नियुक्त गर्नुभएको हो । नेकपा नुवाकोटका नेता पाण्डे नुवाकोट निर्वाचन क्षेत्र नं २ को कबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । विसं २०४० मा तत्कालीन अनेरास्ववियु ९पाँचांैँ० नुवाकोट अध्यक्ष बन्नुभएका पाण्डे विसं २०४५ मा अस्कल क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित बन्नुभएको थियो ।

पाण्डे अनेरास्ववियुको विदेश विभाग प्रमुख हुँदै एशियाली विद्यार्थी सङ्गठनको दुई कार्यकालसम्म सचिव बन्नुभएको थियो । तत्कालीन नेकपा९एमाले०को आठौंँ अधिवेशनपछि विदेश विभागको प्रमुख हालका प्रधानमन्त्री केपी शर्मा ओली हुँदा पाण्डे सचिव हुनुहुन्थ्यो । पाण्डे तत्कालीन नेकपा९माले०को पाँचांैँ अधिवेशनदेखि हालसम्मका सबै अधिवेशनको प्रतिनिधि हुनुहुन्थ्यो ।

यसअघि मुख्य सचेतक रहनुभएका रामेश्वर फुयाँल यही चैत ६ गते प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त हुनुभएपछि एक महिनादेखि नेकपाको मुख्य सचेतक पद खाली थियो । पाण्डेलाई संसदीय दलको मुख्य सचेतकमा नियुक्त गरिएको जानकारी प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठलाई आजै गराइएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ