तत्काल कैदीबन्दीको संख्या घटाउन निर्देशन

तत्काल कैदीबन्दीको संख्या घटाउन निर्देशन

  • बिहिबार, चैत्र ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

काठमाडौं, चैत ६ । संसदिय समितले तत्काल कैदीबन्दीको संख्या घटाउन निर्देशन दिएको छ ।प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बिहीबार बसेको बैठकले नेपालको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएकाले महामारी फैलिए नियन्त्रण गर्न नसकिने भन्दै संख्या घटाउन निर्देशन दिएको हो ।

समितिले कानुन संशोधन गरेर भएपनि कैद मिनाहा गर्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।यस्तै, समितिले बजारमा भइरहेको कालोबजारी, कृत्रिम अभावको अनुगमन चुस्त–दुरुस्त बनाउन पनि सरकारलाई निर्देशन दिएको छ ।

यस्तै, सातै प्रदेशमा ‘कोरोना’को उपचार गर्ने व्यवस्था मिलाउन र उपचारमा संलग्न चिकित्सकको सुरक्षाको व्यवस्था मिलाउन निर्देशन दिएको छ । यसअघि, बैठकमा स्वास्थ्य मन्त्रालयका सहसचिव दीपेन्द्ररमण सिंहले एक दिनमा तीन हजारजनाको परीक्षण गर्न सकिने गरी सरकारले तयारी गरेको बताए ।

कोरोना रोकथामका लागि सरकारले थुप्रै प्रयासहरु गरिरहेको बताउँदै नेकपाका सुवास नेम्वाङले सरकार कोरोना नेपालभित्र छिर्न नदिने प्रयत्न गरिरहेको बताए ।

उनले नेपालमा सञ्चालनमा रहेका बालगृह र अनाथ आश्रमहरुमा पनि कोरोनाको जोखिम रहेकाले उचित व्यवस्थापनमा ध्यान जानुपर्ने बताए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले कोरोना रोकथामका लागि सरकारले थुप्रै प्रयासहरु गरेपनि ठोस निर्णय लिन नसकेको आरोप लगाए । उनले संसदमा सरकारले दिएको निर्देशनभन्दा बढी मानिस जम्मा हुने भन्दै केही दिनलाई संसद पनि बन्द गर्नुपर्ने बताए ।

कोरोनाको संक्रमण नेपालमा कतिबला फैलन सक्छ भन्ने थाहा नभएको भन्दै त्यसको उपचार र रोकथामका लागि सरकार तयार भएर बस्नुपर्ने उनको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ