त्रिविद्वारा सरकारको निर्णयविपरीत बिहीबारका सबै परीक्षा सञ्चालन

त्रिविद्वारा सरकारको निर्णयविपरीत बिहीबारका सबै परीक्षा सञ्चालन

  • बिहिबार, चैत्र ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, ६ चैत ।

संसारभर फैलिइरहेको महामारी कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै सरकारले आज (चैत ६ बिहीबार) बाट हुने भनिएका माध्यमिक शिक्षा परीक्षा (एसईई)लगायतका सबै परीक्षा रोक्ने निर्णय गरे पनि त्रिभुवन विश्वविद्यालले त्यो निर्णयलाई बेवास्ता गरेको छ । त्रिविले सरकारको निर्णयविपरीत बिहीबारका सबै परीक्षा सञ्चालन गरेको छ ।

उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल संयोजकत्वमा बनेको कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बुधबार नै बिहीबारदेखिका सबै परीक्षा तथा पठनपाठन रोक्ने निर्णय गरेको थियो। सत्तारुढ नेकपा सचिवालयको निर्देशनपछि सरकारले यस्तो निर्णय गरेको थियो। लगत्तै शिक्षा मन्त्रालयले पनि सबै परीक्षा रोक्न निर्देशन जारी गरेको थियो।

तर, त्रिविले बिहीबार बिहानका सबै परीक्षा सञ्चालन गरेकाे छ ।  मध्यान्हदेखि सुरु परीक्षा पनि जारी रहने परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए।

सरकारले गरेका निर्णय त्रिविले किन मानेन भन्ने प्रश्नमा उपकुलपति धर्मकान्त बाँस्कोटाले भने, ‘त्रिविको कार्यकारी परिषद्ले निर्णय नगरी पूर्वनिर्धारित परीक्षा स्थगित गर्न मिल्दैन।’

उनले चैत ७ गते शुक्रबारदेखिका परीक्षा स्थगित गर्नेबारे कार्यकारी परिषद्को आपत्‌कालीन बैठक बिहीबार बस्ने पनि बताए। उनले सरकारको निर्णयअनुसार शुक्रबारदेखि हुने परीक्षालाई परिषद्ले स्थगित गर्ने पनि बताए।

त्रिविमा मानवशास्त्र विषयका प्राध्यापक डम्बर चेम्जोङले सरकारको निर्णय विश्वविद्यालयहरुले मान्‍नैपर्ने बताएका छन्। फेसबुकमार्फत प्राध्यापक चेम्जोङले स्वायत्त भनेर त्रिवि उम्किन नमिल्ने बताएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ