२५ जना भन्दा बढी भेला नहुन सरकारको निर्देशन, फिल्म हलदेखि स्कुल कलेज सबै बन्द

२५ जना भन्दा बढी भेला नहुन सरकारको निर्देशन, फिल्म हलदेखि स्कुल कलेज सबै बन्द

  • बिहिबार, चैत्र ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाण्डौं चैत्र ६ । सरकारले कोरोना भाइरसको संभावित प्रवेश रोक्न र फैलावट हुन नदिन पूर्व सतर्कताका लागि २५ जना भन्दा बढी मानिसको जमघट गर्न रोक लगाएको छ ।
यस्तै सिनेमा हल, सांस्कृतिक केन्द्र, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरन्जन स्थल, डान्सबार तथा क्लब लगायतलाई वैशाख १८ सम्म बन्द गर्ने निर्णय गरिएको छ । यसको अनुगमन गृह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई जिम्मेवारी दिइएको छ । केन्द्रीय मन्त्रालयदेखि प्रदेश सरकार तथा स्थानीय तहसमेतले हरेक क्रियाकलापको अनुगमन गर्नेछन् ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले बुधबार सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी मानिस भेला हुन नदिने निर्णय गरेको हो । यसमा अनुगमन गर्न गृह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जिम्मा दिइएको छ ।
९ चैत ७० मध्यरातिदेखि लागू हुने गरी ५० भन्दा बढी मुलुकबाट हुने आवागमनमा पनि प्रतिबन्ध लगाउने निर्णय पनि भएको छ । युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुक ९कुवेत, बहराइन, साउदी अरब, ओमान, कतार र यूएई०, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने विदेशी र नेपाली नागरिकका लागि वैशाख ३ सम्म आवागमनमा प्रतिबन्ध लगाएको हो ।
सरकारले यसअघि नेपालमा आउने सबै विदेशी र गैरआवासीय नेपालीसमेतलाई प्रवेश विन्दुमा दिइने अनअराइभल भिसा चैत १ को मध्यरातदेखि वैशाख १८ सम्म बन्द गरेको थियो ।
सर्वसाधारण नागरिकलाई भीडभाड गरी यात्रा नगर्न अनुरोध गरिएको छ । यस कार्यको अनुगमन नेपाल प्रहरीले गर्ने भएको छ । सार्वजनिक सवारी साधन चलाउनु अघि प्रत्येक दिन समयसमयमा ‘डिसइन्फेक्सन’ गर्न पनि सरकारले आग्रह गरेको छ । यसको अनुगमन गर्न यातायात व्यवस्था विभाग र नेपाल प्रहरीलाई जिम्मा दिइएको छ ।
मानिसको बढी जमघट हुने सार्वजनिक महत्त्वका स्थलमा स्थानीय तह ९महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका० ले निश्चित समयको अन्तरालमा सरसफाइ र ‘डिसइन्फेक्सन’ गर्नुपर्ने भएको छ । यसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश सरकार र स्थानीय प्रशासनले समन्वय गरेर अनुगमन गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ