काेराेना त्रासः बालुवाटारमा मास्क लगाएरै बस्याे नेकपाकाे सचिवालय बैठक

काेराेना त्रासः बालुवाटारमा मास्क लगाएरै बस्याे नेकपाकाे सचिवालय बैठक

  • बुधबार, चैत्र ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

काठमाडौं, ५ चैत ।  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठक मास्क लगाएर सञ्चालन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपणका कारण र कोभिड-१९ कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरी प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा सहभागीले मास्क लगाएर बोलेका थिए।

बुधबार मात्रै सरकारले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल नेतृत्वमा कोरोना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक बसेको थियो। बैठकले दुई चरणमा गरी बुधबार नै एसइई परीक्षा रोक्ने, चैत मसान्तसम्म बिद्यालय, कलेज बन्द गर्ने, सिनेमा हल जिम, डान्सबारलगायत वबन्द गर्नेलगायत पूर्व सावधानीका सवालमा विभिन्न निर्णय गरेको थियो।

प्रवक्ता नारायाण्काजी श्रेष्ठले सरकारले कोरोना संक्रमणलाई मध्यनजर गरी लिएको निर्णयको पार्टी वैठकले प्रसंसा गदै सजगता अबलम्वन गर्न सर्वसधारणलाई आग्रह गर्ने निर्णय लिएको बताए।

वरिष्ठ नेता माधव नेपाल अनुपस्थित रहेको नेकपा सचिवालय वैठक कोरोना संक्रमणबाट जोगिने उपाय, प्रधानमन्त्रीको स्वास्थ्य अवस्था लागयतका विषयमा छलफल केन्द्रीत भएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ