काठमाडौँ चैत्र ५ । महानगरीय अपराध महाशाखाले काठमाडौंको सानो भर्याङबाट १० लाख थान मास्कसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
महाशाखाका एसएसपी सहकुलबहादुर थापाका अनुसार १० लाख थान मास्कसहित युवराज न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको हो। गोरखाका न्यौपानेले सानो भर्याङमा दिप ओभरसिज सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ।
कोरोना भाइरसको त्राससँगै बजारमा मास्क र स्यानिटाइजरको कालोबजारी बढेपछि वाणिज्य विभागसँगको सहकार्यमा प्रहरीले बजार अनुगमन तीव्र पारेको छ। यसअघि पनि गोदाममा राखेर मास्कको कालोबजारी गर्ने व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline