चैतमा आयातसँगै राजश्व घट्यो

चैतमा आयातसँगै राजश्व घट्यो

  • बुधबार, चैत्र ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

विराटनगर, चैत ४ गते । विराटनगर भन्सारबाट आयातसँगै राजश्व संकलन घटेको छ । कोरोना त्राससँगै चैत लागेदेखि आयात र राजश्व अधिक प्रभावित देखिएको हो ।
भन्सारले चैत १ गते पाँच करोड, २ गते ७ करोड र ३ गते ७ करोड रुपिँया राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको साविक समयमा १२ देखि १५ करोड रुपिँयासम्म दैनिक राजश्व संकलन हुँदै आएको थियो ।
माघदेखि राजश्व असुली ६७ प्रतिशत राजश्व संकलन हुँदै आएको थियो । माघमा ७६.२७ र फागुनमा ७६.८४ प्रतिशत राजश्व असुलेको भन्सारमा चैत लागेपछि आयातको ग्राफसँगै राजश्व असुली प्रभावित बनेको भन्सार अधिकृत गोपिप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।
कोरोनाको प्रभावका कारण चैतमा आयात घट्दै राजश्व असुलीमा २० देखि २५ प्रतिशत कमी आएको हो । फागुनको अन्तिमसम्म चिनबाट मालवस्तु आईरहेको भन्सारमा चैत लागेपछि पूर्ण बन्द भएको छ । फागुन महिनामा चीनबाट १० अर्ब ५४ करोड रुपिँया बराबरको सामान पैठारी भएर नेपाल भित्रिएको थियो भने भारतबाट ८१ अर्ब ४९ करोड रुपिँयाको आयात भएको थियो ।
आयातमा आएको ह्राससँगै विराटनगर भन्सारले असुल गर्ने राजश्वमा पनि नकारात्मक प्रभाव परेको छ । कार्यालयले गत आर्थिक वर्षको ८ महिनामा २६ अर्ब ७९ करोड ५१ लाखको लक्ष्यमा ९५ प्रतिशत प्रगति गर्दै २५ अर्ब ४६ करोड ६ लाख असुली गरेको थियो । चालु आर्थिक वर्षमा ३३ अर्ब ३३ करोड ४८ लाखको लक्ष्यमा २१ अर्ब ३० करोड ४२ लाख असुल गरेको छ । यो लक्ष्यको ६४ प्रतिशतले मात्रै प्रगति मानिन्छ ।
चालु आर्थिक वर्षको ८ महिनामा भन्सार महसुलतर्फ १४ अर्ब २३ करोड ५४ लाखको लक्ष्य राखेकोमा ८ अर्ब ७१ करोड ६२ लाख र मूअकरतर्फ १७ अर्ब ४१ करोड ४४ लाखको लक्ष्यमा ११ अर्ब २८ करोड ३९ लाख रुपिँया असुल भएको छ । अन्तःशुल्कतर्फ १ अर्ब ६८ करोड ४९ लाखको लक्ष्यमा १ अर्ब ३० करोड ४० लाख रुपिँया संकलन भएको उप्रेतीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ