प्रदेश दुईको नाम र राजधानी तय गर्न चार गने बिहान देखि शुरु भएको प्रदेश सभाको बैठकमा रातभर मतदान हुदाँ पनि सबै प्रस्ताव अस्वीकृत भएको छ । मधेश प्रदेश, जानकी प्रदेश सबै अस्वीकृत भए पछि राजधानी सम्बन्धि प्रस्तावमा मतदान भएको थियो ।
त्यसमा पनि जनकपुरको पक्षमा मतदान हुदाँ अस्वीकृत भए पछि अब बीरगञ्जको पक्षमा मतदान हुदैछ । पटक पटक भोट हालेका सांसद नै हैरान भईसकेका छन् तर राजधानी पनि टुंगो लाग्न सकेको छैन । बैठक जारी छ ।
सत्तारुढ दलकै सांसद विभाजित भएपछि मंगलबारको मतदानबाट प्रदेश २ को राजधानी टुंगो लाग्न सकेन । प्रदेश २ को नामकरणमा दर्ता भएका सबै प्रस्ताव मतदानबाट अस्वीकृत भएपछि राजधानीसम्बन्धी प्रस्ताव पनि पारित हुन नसकेको हो ।
समाजवादी पार्टी, राजपा नेकपा र कांग्रेसले संयुक्त रुपमा जनकपुरलाई प्रदेश २ को स्थायी राजधानी बनाउनुपर्ने प्रस्ताव ल्याए पनि मतदानबाट पारित हुन सकेन। प्रदेश राजधानी जनकपुर बनाउनुपर्छ भन्ने पक्ष र विपक्षमा समान ५२-५२ मत परेको र ३ मत बदर भएको निर्वाचन अधिकृत रञ्जीत यादवले जानकारी दिए।
सत्तारुढ र विपक्षी दललेसंयुक्त रुपमा ल्याएको प्रस्ताव पारित भएपछि राजधानीका बारेमा दर्ता गरिएका अरु दुई प्रस्तावका लागि पनि मतदान हुने भएको छ। बारा र पर्साबाट प्रतिनिधित्व गर्ने विभिन्न दलका केही सांसदले वीरगन्जलाई राजधानी बनाउन माग गर्दै पेस गरेको प्रस्तावमाथि अब मतदान हुने भएको छ।
प्रदेश नम्बर २ को नाम ुमधेसु राख्ने पक्षमा दुई तिहाइ बहुमत नजुटेपछि सत्तापक्षकै केही सांसदले जनकपुरलाई राजधानी बनाउने पक्षमा मतदान गरेनन्।