हुन सकेन प्रदेश २ को नामाकरण

हुन सकेन प्रदेश २ को नामाकरण

  • मङ्लबार, चैत्र ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

४ चैत, जनकपुरधाम ।मतदानबाट पनि प्रदेश २ को नामाकरण हुन सकेन । प्रदेशसभामा सोमबार भएको मतदान निरर्थक बन्याे ।  चार वटा नामका लागि मतदान भए पनि कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाई मत पुगेन ।

सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रस्ताव गरेको मधेश प्रदेश नामको पक्षमा ६० मत पर्‍यो । दुई तिहाईका लागि १२ भोट पुगेन । प्रस्तावको विपक्षमा भने ४८ मत खसेको थियो ।

यस्तै जानकी, मिथला भोजपुरा र मध्यमधेश नामको पक्षमा पनि दुई तिहाई पुगेको थिएन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राखेको जानकी नामको ३७ मत खसेको छ भने विपक्षमा ७० मत पर्‍यो । यस्तै नेपाली कांग्रेसले राखेको मिथला भोजपुरा नामको पक्षमा २८ मत पर्दा विपक्षमा ७९ मत आयो ।

प्रदेशको नाम र स्थायी राजधानी टुंगो लाग्न १०७ सदस्यीय प्रदेशसभामा ७२ मत आवश्यक पर्छ । जुन कुनै पनि पार्टीसँग छैन । यस्तै कांग्रेस सांसद राजेश्वर प्रसाद साहले दर्ता गरेको मध्य मधेश नामको पक्षमा ४२ मत खस्यो भने विपक्षमा ६५ मत खसेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ