प्रदेश दुईको नाम र राजधानी आज टुंगो लाग्ने, मतदान हुदैं

प्रदेश दुईको नाम र राजधानी आज टुंगो लाग्ने, मतदान हुदैं

  • मङ्लबार, चैत्र ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

जनकपुर चैत्र ३ । मंगलबार प्रदेश २ को नाम र राजधानी टुंगो लगाउन मतदान हुँदैछ । संसद्को कार्यसूचीमा संसद् बैठक बिहान ८ बजेदेखि गर्ने भनिए पनि पछि १० बजेलाई सारिएको थियो ।
अहिले प्रदेश सभाको बैठक जारी छ । सांसदहरुले आ आफ्नो धारणा राखिरहेका छन् । प्रदेशको नाम र राजधानी तोक्न गठन भएको विशेष संसदीय समितिको सुझावअनुसार मंगलबार गोप्य मतदान हुन लागेको हो ।

मंगलबार बिहानै राजपा संसदीय दलको बैठक बसेको थियो । बैठकले मतदानमा सबै सांसदलाई उपस्थित हुन ह्विप जारी गरेको छ । र प्रदेशको राजधानी जनकपुर र नाम मधेस राख्ने पक्षमा मतदान गर्न पनि ह्विप जारी गरिएको छ ।

नेकपाले नाम जानकी र राजधानी जनकपुर, कांग्रेसले नाम मिथिला भोजपुरा र राजधानी जनकपुरको प्रस्ताव दर्ता गराएको छ । उच्चस्तरीय समितिमा राजधानी जनकपुर राख्न दलीय सहमति जुटे पनि नाममा एकमत नहुँदा मतदानको प्रक्रिया अगाडि बढाइएको संसद् सचिवालयका सचिव रञ्जित यादवले बताए । विशेष समितले बुझाएको प्रतिवेदनमाथि छलफल भएपछि गोप्य मतदानको प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ ।

मतदानको प्रक्रियामा प्रदेशको नाम र राजधानी पारितका लागि दुई तिहाइ मत आवश्यक पर्छ । प्रदेश सभामा सत्तापक्ष समाजवादीको ३०, राजपाको २५ सांसद गरी ५५ जना छन् । दुई तिहाइका लागि सत्ता पक्षलाई थप १७ जना सांसद आवश्यक पर्छ । नेकपाको ३२, कांग्रेसको १९ र नेपाल संघीय समाजवादी पार्टीको एक सांसद छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ