विदेशी शक्तिकेन्द्रको समेत युद्ध स्थल बनेको सिरीयामा आन्तरीक गृहयुद्ध छदैछ । त्यही गृहयुद्धबाट जोगिएर भाग्न सफल सिरीयाली एउटा कुर्दी परिवार जब ज्यान जोगाउन देश छाडेर भाग्दै थिए । तब उनीहरुले आफ्नो सन्तानको ज्यान गुमाउनु पर्यो ।
टर्कीको बोर्डर हुदै भाग्न लागेका एलन कुर्दीको परिवार चढेको डुंगा पल्टिए पछि यी बालक एलन र उनकी आमाको पानीमा डुबेर ज्यान गयो । अहिले यो तस्वीरले अमानवीयताको संकेत किन दिएको छ भने टर्कीले शरणार्थीहरुमाथि कहिले ढोका खोल्ने र कहिले बन्द गर्ने गरेको छ, अन्य यूरोपेली देशहरुले सिमामा कडाई गरेका छन् । जसले गर्दा उनीहरु भागेर हिड्ने यस्तो कठिन बाटो अपनाउदाँ पानीमा डुबेर, लडेर धेरै मानिसको ज्यान जाने गरेको छ ।
यो दृष्य सन् २०१५ को हो , जतिखेर मानव तस्करहरुले यूरोपमा सेटल गर्ने भनेर उनीहरुको परिवारलाई लिएर गएको थियो । आखिर एलन र उनकी आमाको ज्यानै गयो । तीन बर्षे एलन जब समुन्द्रमा खसेर डुुबेर मृत्यु भयो । अनि उनकी आमाले पनि संसार छाडिन् तब उनको त्यही समुन्द्र किनारमै दाहासंस्कार गरियो । यही मामलामा टर्कीले गिराफ्तार गरेका तीन जना तस्करहरु एक सय १५ बर्षका दरले जेल सजाय तोकेको छ ।
यो बाटोबाट उनीहरुलाई क्यानडा पुर्याने भनेर तस्करहरुले लगेको थियो । अहिले सम्म सिरीयाका ६७ लाख मानिसहरु यसरी विस्थापित र पलायन भएका छन् । यो अमानवीयताको दृष्य रोक्न सिरीयामा कम्तीमा बैदेशिक हस्तक्षेप रोकिनु जरुरी देखिन्छ ।
![]()