विप्लव नेकपाका केन्द्रीय सदस्य नविन र महिला नेतृ भृकुटि रिहा लगत्तै पुन पक्राउ

विप्लव नेकपाका केन्द्रीय सदस्य नविन र महिला नेतृ भृकुटि रिहा लगत्तै पुन पक्राउ

  • सोमवार, चैत्र ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 19.3K
    SHARES

काठमाडौ, ३ चैत ।
अदालतको आदेशमा रिहा भएका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य नविन बिक हितमान र अनेमसंघ क्रान्तिकारीकी महासचिव धिरेन्द्रा उपाध्याय ‘भृकुटी’ लाई प्रहरीले पुन गिरफ्तार गरेको छ ।
बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज भएको सुनुवाईपछि दुबैजनालाई सर्वाेच्च अदालतले रिहा आदेश दिएको थियो । लगत्तै प्रहरीले गेटबाटै पुनः पक्राउ गरेको हो ।
अदालतको आदेशमा रिहा भएपनि पटक पटक गिरफ्तार परेका उनीहरुलाई रिहा गर्न माग गर्दै उमेश उपाध्यायले दायर गरेको रिटमाथि आज इजलास नम्बर ८ मा भएको सुनुवाईपछि न्यायधिसद्धय प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको संयुक्त इजलासले बिक र उपाध्यायलाई रिहा गर्न आदेश दिएको थियो ।
रिहा भएलगत्तै उनीहरुलाई सादा पोशाकका प्रहरीले पक्राउ गरि बेपत्ता पारिएको आफन्तले बताएका छन् । यसअघि पाटन उच्च अदालत, धरान जिल्ला अदालत, कालिकोट जिल्ला अदालतबाट रिहा हुँदै गिरफ्तार हुँदै आएका दुवै जनालाई दैलेख जिल्ला प्रहरीले पुनस् गिरफ्तार गरि अभद्र व्यवहारको मुद्दालगाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ