जिल्लाले होनाहार नेता पाएको छ, भक्तपुर विकास हुन्छ, ढुक्क हुनुहोस्: नेम्वाङ

जिल्लाले होनाहार नेता पाएको छ, भक्तपुर विकास हुन्छ, ढुक्क हुनुहोस्: नेम्वाङ

  • सोमवार, चैत्र ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

भक्तपुर, ३ चैत ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभएको छ ।
सङ्घीय सरकारको रु चार करोड ५० लाखको लागतमा चाँगुनारायण नगरपालिका– ३ झौखेलमा निर्माण सम्पन्न भएको पक्की कालोपत्र सडकको आज अनुगमन एवं उद्घाटन गर्दै उहाँले प्रधानमन्त्रीले देखेको देश विकासको सपना हामी सबैले पूरा गर्छौ भन्दै यसका लागि गाउँ–गाउँबाट सबैको सहयोग र साथ आवश्यक रहेको बताउनुभयो ।

देशको विकास गर्ने जिम्मेवारी सरकारले पूरा गर्ने उल्लेख गर्दै मन्त्री नेम्वाङले भन्नुभयो, “देशको विकासको जिम्मेवारी सरकारले पूरा गर्नेछ, भक्तपुरको विकास गर्ने जिम्मेवारी महेश बस्नेतले पूरा गर्नु हुनेछ, मैले त उहाँको अभियानमा इँटा थप्ने मात्रै हो, सहयोग गर्ने मात्रै हो, तपाईको जिल्लाले होनाहार नेता पाएको छ, भक्तपुर विकास हुन्छ, ढुक्क हुनुहोस् ।”

जडीबुटी कोटेश्वर नाकामा दैनिक हुने जामलाई हटाउन चार लेन अस्थायी सडक निर्माण गर्न ठेक्का गरिसकेको बताउँदै उहाँले भन्नुभयो, “कोटेश्वरमा स्थायी रुपमा एयरपोर्टबाट अन्डरपास निकालेर जडीबुटी जोड्नुपर्छ, त्यसको प्रारम्भिक काम शुरु भएको छ, जाइकाले अध्ययन शुरु गरेको छ, तीन वर्षमा यो काम सक्ने लक्ष्य लिएका छांै ।”

कार्यक्रममा सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले चाँगुनारायणका प्रत्येक वडामा जाने सडक कालोपत्र गर्ने अभियान शुरु भएको उल्लेख गर्दै अबका तीन वर्षमा चाँगुनारायण उत्कृष्ट शहर बन्ने जिकिर गर्नुभयो । “एक लाख रोपनी जग्गामा स्मार्ट सिटी यही बन्दैछ, ७०० रोपनीमा वीर अस्पताल बन्दैछ, चाँगुनारायण इञ्जिनियरिङ कलेज नगरपालिकाले चलाउदैछ, झौखेल चाँगुको ज्योर्तिलिङ्गेश्वरमा रु नौ करोडको बजेटमा सडक कालोपत्र हुदैछ”, बस्नेतले भन्नुभयो, “रातो किताबमा भर्खरै २०सडकका योजना थप गरेका छांै, करिब रु ४५ करोड अर्थमन्त्रालयबाट थप गरेर ल्याउन सफल भएका छौं ।”

जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले जिल्लामा सडक विकासको क्रान्ती आएको बताउनुभयो । नगर प्रमुख सोमप्रसाद मिश्रले नगरकोट सडकले अन्तर्राष्ट्रिय बेइज्जत भएको भन्दै ठेक्का रद्द गर्न माग गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ