साढे ८ लाख मास्कसहित दुई व्यापारी पक्राउ

साढे ८ लाख मास्कसहित दुई व्यापारी पक्राउ

  • सोमवार, चैत्र ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडाैं, ३ चैत ।

काठमाडौंको सतुंगलबाट ८ लाख ४९ हजार ६ सय थान मास्कसहित दुई व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीको टोलीले आरडीजी सप्लायर्सका सञ्चालक सुरज गोयल र सुवास महेश्वरी गोयललाई सोमबार बिहान पक्राउ गरेको हो ।

गोयलले आफ्नो गोदाममा लुकाएर राखेको १७७ बोरा मास्क प्रहरीले बरामद गरेको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।  आरजेडी सप्लायर्सले २२ लाख रुपैयाँमा चीनबाट किनेर ल्याएको मास्क नेपाली बजारमा उच्च मूल्यमा बेचेको देखिएकपछि सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो।

बरामद मास्क ४ हजार ३७५ केजी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बरामद मास्कको एउटा बोरामा १०० प्याकेट मास्क रहेको र एक प्याकेटमा ४८ थान रहेको पाइएको छ।

शनिबार र आइतबार बरामद गरिएको मास्क पनि गोयलले नै बढी मुल्य लिएर खुद्रा व्यापारीलाई बेचेको देखिएको छ। शनिबार र आइतबार पक्राउ परेका व्यक्तिहरुको बयानका आधारमा सतुंगलमा प्रहरीले छापा मारेको थियो। चीनबाट ल्याइएका मास्क ५२ लाख ५० हजारमा गोयलले बेचेको खुलेको छ।

काठमाडौंका साहयक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले प्रहरी र प्रशासनको संयुक्त टोली कलोबजारी विरुद्ध परिचालन भएको बताए। उनीहरु विरुद्ध कलोबजारीको ऐन २०३२ अनुसार अनुसन्धान गरेर मुद्दा चलाइने जानकारी दिए।कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पछिल्लो समय कालोबजारी गर्ने व्यापारी पक्राउ परेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ