मातातीर्थबाट भक्तपुर बिजुली जाने २० वर्षदेखिको अलपत्र योजना सफल हुँदै

मातातीर्थबाट भक्तपुर बिजुली जाने २० वर्षदेखिको अलपत्र योजना सफल हुँदै

  • आइतवार, चैत्र २, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाण्डौं, २ चैत । करिब २० वर्षअघि सुरु भएर पनि हालसम्म निर्माण सम्पन्न हुन नसकेको चोभार–खोकना–चापागाउँ १ सय ३२ केभी प्रसारण लाइनमार्फत भक्तपुरमा बिजुली लैजाने योजना अब भने सम्भव हुने भएको छ ।
ललितपुरको खोकना र चापागाउँबासीको निरन्तरको अवरोधका कारण प्रसारण लाइन बन्न नसकेपछि ऊर्जा मन्त्रालयले त्यसको विकल्पमा चोभारमा शवस्टेशन निर्माण गरी वैकल्पिक वितरण प्रणालीमार्फत भक्तपुर विद्युत पु¥याउने योजना अघि सारेको हो । तर, शवस्टेशन निर्माणका लागि आवश्यक जमिन नहुँदा उक्त कामसमेत अघि बढ्न सकेको थिएन । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक जमिन उपलब्ध गराउने भएपछि अब शबस्टेशन बन्ने निश्चित भएको छ । त्यस सम्बन्धमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तको अग्रसरतामा दुई मन्त्रालयबीच आइतबार छलफल भयो ।

ऊर्जा मन्त्रालयमा भएको छलफलमा उद्योगमन्त्री लेखराज भट्टले शवस्टेशनका लागि आवश्यक जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ । त्यस स्थानमा सरकारले बन्द भएको हिमाल सिमेन्ट कारखानाको जमिन सुख्खा बन्दरगाह निर्माणका लागि खरिद गरेको थियो । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले सुख्खा बन्दरगाह निर्माणको काम गरिरहेको छ ।

कति जमिन कहिलेसम्म उपलब्ध गराउने भन्नेबारे अध्यन गर्न दुवै मन्त्रालयका उच्च अधिकारीहरुको टोली चोभार पुगेर स्थलगत अध्ययन गर्ने र टोलीको सिफारिसमा काम अघि बढाउने सहमति दुई मन्त्रालयबीच भएको छ । ऊर्जामन्त्री पुन र उद्योगमन्त्री भट्टसमेत प्रस्तावित शवस्टेशन निर्माणस्थलमै गएर जमिनबारे अन्तिम टुंगो लगाउने हुनुभएको छ ।

चोभारमा शवस्टेन नबनाउँदा नेपाल विद्युत प्राधिकरणको मातातीर्थ शवस्टेशनमा त्रिशूली र मस्र्याङदी करिडोरबाट आउने बिजुली काठमाण्डु ल्याउन असम्भव प्रायः छ ।

ऊर्जा मन्त्रालयमा भएको छलफलमा मन्त्री पुन र भट्टका साथै ऊर्जा मन्त्रालयमा सचिव दिनेश घिमिरे, सह–सचिव एवं प्रवक्ता प्रवीणराज अर्याल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ थता उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, सह–सचिव एवं सुख्खा बन्दरगाह निर्माणको जिम्मेवारी पाएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक नवजराज ढकाललगायत सहभागी हुनुहुन्थ्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ