कोरोनाविरुद्ध नेपालकाे तयारीबारे जानकारी दिदैँ प्रधानमन्त्रीले भने,-सार्क मुलुकले पनि साझा रणनीति बनाउनुपर्छ(भिडियो)

कोरोनाविरुद्ध नेपालकाे तयारीबारे जानकारी दिदैँ प्रधानमन्त्रीले भने,-सार्क मुलुकले पनि साझा रणनीति बनाउनुपर्छ(भिडियो)

  • आइतवार, चैत्र २, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसविरुद्ध सार्क मुलुकले साझा रणनीति बनाउनुपर्ने जाेड दिएका छन् ।

सङ्क्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकका राष्ट्राध्याक्ष एवम् प्रधानमन्त्रीबीच आइतबार साँझ भएको भिडियो कन्फरेन्समा सम्बोधन गर्दै ओलीले सार्क मुलुककाे साझा रणनीतिले काेराेना भाइरसबिरूद्व लड्न सहज हुने बताए ।

साथै काेराेना साझा समस्या र चुनौती भएकाले यसविरुद्ध लड्न साझा पहल हुनुपर्नेमा जोड दिँदै सचेतना अभियान चलाउन, रोकथामका लागि परिचालित हुन र आम भेला आयोजना नगर्न पनि आग्रह गरे।

उनले कोरोना भाइरसविरुद्ध लड्न तयारी अघि बढाउन विभिन्न उपाय अपनाएको पनि बताए ।अस्पतालको क्षमता बढाएको, रक्षात्मक उपकरण र स्वास्थ्यकर्मीलाई प्रेरित गर्न सुविधा बढाएको  प्रष्ट पार्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीले अस्पतालको क्षमता बढाइराखेका छौँ’, उनले भने, ‘साथै स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्न रक्षात्मक उपकरण र सुविधा प्रदान गरेका छौँ’ ।

प्रधानमन्त्री केपी शर्मा ओली सिंहदरबारस्थित कार्यकक्षबाट सार्क राष्ट्राध्यक्षको भिडियो कन्फरेन्समा सम्बोधन गर्दै ।

ओलीले कोभिड–१९ बाट बच्न एकापसमा भेट्दा हात मिलाउनाको साटो नेपाली संस्कृतिअनुसार नमस्ते आदानप्रदान गर्न पनि दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुककाका नेतालाई आह्वान गरे ।

कोभिडविरुद्ध लड्न सार्क आपत्कालीन कोष खडा गर्न भारतीय प्रधानमन्त्री मोदीको प्रस्तावलाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले ग्रामीण क्षेत्रमा अस्पताल तथा अनुसन्धान र उपचारका लागि सञ्जाल विस्तार गर्न पनि सुझाव दिएका छन् । उनले आफ्ना आर्थिक कारोबार, आन्तरिक व्यापार र क्षेत्रीय संवादलाई निरन्तरता दिन पनि आग्रह गरे ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरस संक्रमणविरुद्ध लड्न सार्क राष्ट्रबीच भिडिओ सम्मेलन गराएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवादसमेत दिए। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सार्क राष्ट्रका नेतृत्वले सुदृढ रणनीति अवलम्बन गर्नुपर्ने  बताएपछि कन्फरेन्स भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओली कोभिड–१९ विरुद्व लडन सार्क राष्ट्राध्यक्ष,प्रधानमन्त्री,मन्त्रीहरुको भिडियो कन्फरेन्समा भाग लिनु पूर्व सिंहदरवारमा ।

मोदीले सार्क एक हुनुपर्ने भन्दै गत फागुन ३० गते गरेको ट्विटको स्वागत गर्दै प्रधानमन्त्री ओलीसहित सदस्य मुलुकका नेता कन्फरेन्समा सहभागी भएका हुन्।

प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर कन्फरेन्समा सहभागी भएका हुन्। कन्फरेन्समा सम्बोधन गर्ने नेताले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ