कोरोनो रोक्ने रणनीति बनाउन आज नेपाल भारत सहित सार्क लुमुकका राष्ट्र प्रमुखहरुले भिडियो सम्मेलन गर्ने

कोरोनो रोक्ने रणनीति बनाउन आज नेपाल भारत सहित सार्क लुमुकका राष्ट्र प्रमुखहरुले भिडियो सम्मेलन गर्ने

  • आइतवार, चैत्र २, २०७६
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाण्डौं चैत्र २ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावअनुसार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का शीर्ष नेतृत्वबीच कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न भिडियो सम्मेलन हुने भएको छ ।
नेपाली समयअनुसार आइतबार अपराह्न ५.१५ मा भिडियो सम्मेलनमा नेपालका प्रधानमन्त्री ओली, भारतका प्रधानमन्त्री मोदी, पाकिस्तानका प्रधानमन्त्री ईमरान खान,बंगलादेशका प्रधानमन्त्री शेख हसिना सहित भुटान, माल्दिभ्स र श्रीलकाका राष्ट्र प्रमुखले आपसमा संवोधनन र संवाद गर्ने छन् ।

सम्मेलनलाई प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्नेछन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओलीले पहिलोपटक सार्वजनिक रूपमा बोल्न लागेका हुन् । प्रधानमन्त्री ओलीले सिंहदरबारमा पुगेर संवोधन गर्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ । मृगौला प्रत्यारोपण पछि निवास फर्किएका ओलीले यस अघि हिजो पार्टीका अध्यक्ष प्रचण्ड र नेता माधव कुमार नेपालसगँ भेट गरेका थिए ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारद्वारा शनिबार दिल्लीबाट साँझ जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध कठोर साझा रणनीति तय गर्ने विषयमा आइतबार अपराह्न ५ बजे सार्कका सबै सदस्य मुलुकहरूको भिडियो संवादको नेतृत्व गर्नुहुनेछ ।’ प्रवक्ता रविसका अनुसार नेपाल, भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स र अफगानिस्तानका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

भारतका प्रधानमन्त्री मोदी, नेपालका प्रधानमन्त्री ओली, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री डा. लोटे छिरिङ, पाकिस्तानका प्रधानमन्त्री इमरान खान, श्रीलंकाका राष्ट्रपति गोटाबया राजापाक्षे, माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह, अफगानिस्तानका राष्ट्रपति असरफ घानीले सम्बोधन गर्ने कार्यक्रम छ ।

भारत र पाकिस्तानका शीर्ष नेताबीच लामो समयपछि भिडियो संवाद हुन लागेको हो ।
दक्षिण एशियामा कोरोनाले सबै भन्दा धेरै प्रभावित भारत रहेको छ । केहीको मृत्यु र ८४ जना संक्रमित भएका छन् । त्यसै गरी पाकिस्तानमा ३० जना संक्रमित भएका छन् । बंगलादेशमा तीन नेपाल सहित केही दक्षिण एशियाली मुलुकमा भने कोरोना प्रवेश अहिले सम्म नगरेको अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ