मेरो खुट्टा परालको होइनः नेता कोइराला

मेरो खुट्टा परालको होइनः नेता कोइराला

  • शनिबार, चैत्र १, २०७६
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले नेपाली काँग्रेसले प्रतिपक्षको भूमिका खेल्न नसकेको बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज गोरखामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले पार्टीले संसद् र सडकमा प्रतिपक्षले खेल्नुपर्नेमा भूमिका निर्वाह गर्न सकेको छैन भन्नुभयो ।
केन्द्रीय सदस्य कोइरालाले भन्नुभयो, “संसद्मा प्रतिपक्षको आवाज नै सुनिएको छैन ।सेक्युरिटी प्रिन्टिङ प्रेसका कुरा आएका छन्, अन्य धेरै कुरा आएको छ । सरकार त मौन हुनु स्वाभाविक नै हो । संसद्मा प्रतिपक्षको आवाज सुनिनुपर्ने हो तर त्यो पनि सुनिएन । लोकतन्त्रमा प्रतिपक्षको आवाज नसुनिनु डरलाग्दो विषय हो । ”
केन्द्रीय समितिको बैठक नबस्दा आफूहरुले पार्टीका समस्या समाधान लागि विचार राख्ने ठाउँ नै नपाएको र काँग्रेस अहिले भागबण्डामा अल्झिएर बसेको नेता कोइरालाले बताउनुभयो । “पार्टीभित्र कुरा गर्ने भनेको केन्द्रीय समितिभित्र कुरा गर्ने हो, केन्द्रीय समितिको बैठक नै बसेको छैन त कहाँ गएर बोल्ने ।” उहाँले भन्नुभयो
तपाईँ अब पार्टी सभापतिको उम्मेदवार हो कि होइन भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता कोइरालाले भन्नुभयो, “मेरो खुट्टा परालको होइन् भन्ने बुझ्नुपर्छ, अहिले स्पष्ट कसरी भनुँ, कार्यकर्ता के चाहन्छन् भनेर अहिले म त्यो बुझ्दैछु ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ