बालिका अपहरणको कृत्रिम आरोप भन्दै नेकपाद्धारा पक्राउ नेता कार्यकर्ता रिहाई गर्न माग

बालिका अपहरणको कृत्रिम आरोप भन्दै नेकपाद्धारा पक्राउ नेता कार्यकर्ता रिहाई गर्न माग

  • शनिबार, चैत्र १, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

चैत्र १ गाईघाट । संगठन विस्तार र जनसम्पर्कका क्रममा उदयपुरको कटारीनगरपालिाको खसीबासमा पुगेका आफ्ना कार्यकर्ताहरुलाई घेरा हालेर पक्राउ गरिएको र बालिका अपहरणको कृत्रिम आरोप लगाएको भन्दै नेकपाले आपत्ति जनाएको छ ।
नेकपा जनकपुर ब्यूरो ईन्चार्ज अरुणले शुक्रबार विज्ञप्ति जारी गरी बालबालिकालाई पार्टीमा पूर्णकालीन गर्ने नीति पनि नरहेको भन्दै साम्राज्यवादी डिजाईन अन्तर्गत षड्यन्त्र भएको भन्दै यसले राज्य सत्ताको षड्यन्त्रको स्तरलाई स्पष्ट गर्दछ भनेका छन् ।
उनले निशर्त ती कार्यकर्ताहरु रिहा नगरे कडा संघर्ष गर्ने चेतावनी पनि दिएका छन् ।
पक्राउ पर्नेहरुमा २० वर्षीय मुस्कान राई,सुनसरीका २८ वर्षीय विवेक खड्का, भोजपुरका ४६ वर्षीय मणीराज राई, १६ वर्षीय रिता कार्की, २० वर्षीय विकास राई, १७ वर्षीय आयुष मगर र १८ वर्षीय अविमान तामाङ छन् ।
यसैगरी २० वर्षीय आशिष लामा, १६ वर्षीय रञ्जना राई, १९ वर्षीय अनिता राई, १९ वर्षीय अनुश्का राउत, १७ वर्षीय सपना राई, र १५ वर्षीय आशिष श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ