नेता रावलकाे प्रश्न- देशकाे नक्सा सार्वजनिक गर्न पशुपतिमै साइत जुराउनु पर्ने हाे सरकार ?

नेता रावलकाे प्रश्न- देशकाे नक्सा सार्वजनिक गर्न पशुपतिमै साइत जुराउनु पर्ने हाे सरकार ?

नेपालले दुईपटक पत्राचार गर्दा पनि भारतले चासो देखाएन

  • शनिबार, चैत्र १, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौ, १ चैत ।

नेपाल सरकारले भारतद्धारा अतिक्रमित कालापानीसहितका भूमि फिर्ता गछौ भनिरहदा भारतले भने कुनै चासो दिएको छैन । नेपालले दुई पटक पत्राचार गरेर सीमा विवाद समाधानका लागि छलफल गर्न समय मिलाउन माग गर्दा समेत भारतले अटेर गरिरहेको छ ।
यद्धपि दुई देशबीचको सीमा समस्या समाधान गर्न भारत तयार भएको परराष्ट्र सचिव शकरदास वैरागीले दावी गरे ।

शुक्रवार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरुले भने सरकारको आलोचना गरे । उनीहरुले सरकारले ठोस पहल नगर्ने र सीमा विवाद समाधानका लागि पत्राचार गरिएको भन्दै टार्न खोजेको आरोप लगाए ।

यस्तै सत्तारूढ नेकपा नेता तथा सांसद भिम रावलले अहिलेसम्म देशको नक्सा सार्वजनिक गर्न नसकेको भन्दै आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारको आलोचना गरे । हाम्रो नक्सा प्रकाशित गर्न के को समस्या हो ? के को कठिनाई हो ? उनले प्रश्न गरे ।

नेपालको आधिकारी नक्सा सार्वजनिक गर्न साईत चाहिन्छ भने पशुपतिमा गएर साईत हेराउ तर नक्सा सार्वजनिक गरौ, रावलले सरकारप्रति व्यंग्य गरे ।एमसीसी, सीमा बिबाद लगायतका बिषयमा नेता रावलले पार्टी भित्र कडा रुपमा प्रस्तुती दिदैँ आएका छन् ।

सांसद उमा रेग्मीले पत्र पठाएको, नोट पठाएके भन्ने तर आफ्नो देशको आधिकारीक नक्सा सार्वजनिक नगर्ने र खुट्टा कमाएर सरकार पन्छिने काम गरिरहेको बताईन् । सांसद दिपक भट्टले प्रवुद्ध समुहको प्रतिवेदन (इपीजी) सार्वजनिक गर्न माग गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ