काठमाडौं फागुण ३० । नेपाली काँग्रेस भित्र एक पछि अर्को कचिंगल बढ्दै गएको छ । पौडेल समुहले बैठक बहिष्कार र निर्णयहरुमा असहयोग गर्न थालेको भन्दै संस्थापन पक्षले धमाधम विभाग गठन, केन्द्रीय सदस्य मनोनय र जिल्ला सभापति हटाउने सम्मको काम गर्न थाले पछि विवादले नयाँ मोड लिएको छ ।
यसलाई पछिल्लो पल्ट महामन्त्री शशाक कोईरालाले पार्टी सभापति शेर बहादुर देउवालाई लेखेको पत्रमा पनि स्पष्ट हुन्छ ।
कोइरालाले खुलापत्र लेख्दै सभापति शेरबहादुर देउवाका कारण पार्टीभित्र एकताको वातावरण विथोलिएको आरोप लगाएका छन्। पार्टीभित्र एकताका पक्षमा आफू हुँदाहुँदै पनि सभापति देउवाको एकपक्षीय निर्णयले विवाद बढेको कोइरालाको आरोप छ।
नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) का पार्टीको जिल्ला नेतृत्वका सम्बन्धमा शनिबार महामन्त्री कोइरालाले सभापति देउवालाई बुझाएको पत्रमा असन्तुष्टि जनाएका हुन्। सभापति देउवाले फागुण २३ गते नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) को रिक्त जिल्ला सभापति पदमा विष्णुप्रसाद पौडेललाई जिम्मेवारी दिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले विरोध जनाएको थियो। पौडेल समूहको बुधबार बसेको बैठकले सभापति देउवासँग कुरा गर्न महामन्त्री कोइरालालाई जिम्मेवारी दिएको थियो। कोइरालाले शुक्रबार साँझ सभापतिलाई भेटेर लिखित पत्र बुझाएका हुन्।
उनले पत्रमा सभापति देउवाको कार्यशैलीका कारण पार्टीभित्र विवाद बढेको उल्लेख गरेका छन्। ‘आमनिर्वाचन पछि पार्टीमा उत्पन्न विवादबाट पार्टीलाई थप क्षति नहोस् भनेर मैले धेरै साथीहरुको आलोचना सहँदै सभापतिज्यूलाई सहयोग गरेको हुँ,’ उनले पत्रमा लेखेका छन्, ‘तर पार्टीभित्र विवाद बढ्दै जाँदा केन्द्रीय कार्यसमितिका पछिल्ला केही बैठकमा म पनि सहभागी हुन नसक्ने परिस्थिति निर्माण भएको छ।’ उनले पार्टीभित्र सहमतिको पहल भइरहेका बेला विधानमा तोकिएबाहेकका विभाग बनाइनु, केन्द्रीय समिति सदस्य र आमन्त्रित सदस्यहरुको मनोनयन गरिनुले पार्टीभित्र एकताको वातावरण थप बिथोलिएको कोइरालाले पत्रमा उल्लेख गरेका छन्। सभापति देउवाले फागुन १७ र १९ गते गरी २० केन्द्रीय विभागको प्रमुख चयन गर्नुका साथै १३ केन्द्रीय सदस्य मनोनित गरेका थिए।
कोइरालाले देउवालाई लेखेको खुलापत्र
आदरणीय श्री शेरबहादुर देउवा
सभापति, नेपाली कांग्रेस।
विषय : नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) जिल्ला नेतृत्व सम्बन्धमा।
२०७६ साल फाल्गुण २३ गते तपाईद्वारा हस्ताक्षरित पत्रद्वारा नेपाली कांग्रेसको विधान,(संशोधन२०१७ सहित) को धारा २५(७) बमोजिम श्री विष्णुप्रसाद पौडेललाईनवलपरासी (वर्दघाट सुस्ता पश्चिम)को जिल्ला सभापतिले पार्टीको विधान अनुसार गर्न पाउने कार्य गर्न गराउन उक्त जिल्लाको पार्टी संगठन संचालनको जिम्मेवारी प्रदान गरिएको भन्ने जानकारी प्राप्त भयो। कांग्रेसको मौजुदा विधानको व्यवस्था तिकूलप्र हुने कुरा तल बुँदागत रुपमा उल्लेख गरेको छु। साथै, राजनीतिक रुपमा पनि यो कार्यले गम्भीर सांगठनिक विवाद सृजना गरेको कुरामा ध्यान आकृष्ट यो गर्न पत्र लेख्दैछु।<
(१)नवलपरासी जिल्ला विभाजन पश्चात नवलपरासी (वर्दघाट सुस्ता पश्चिममा रिक्त रहेको सभापति पदमा नेपाली कांग्रेसको विधानको धारा ५० को उपधारा (८बमोजिम साविक नवलपरासी जिल्ला कार्यसमितिका उपसभापति श्री अर्जुन पोखरेललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो कार्यवाहक। सभापति हुन नेपाली कांग्रेसको विधानको (५)धारा (क ) १२ (१) बमोजिम १० वर्ष क्रियाशील सदस्य रहे महाधिवेशन प्रतिनिधिभन्ने व्यवस्था आकर्षित हुँदैन। यो व्यवस्था सभापतिको उम्मेदवार हुनका लागि मात्रै हो।
(२)धारा ५० (८) ले सम्बन्धित तहको अधिवेशन तोकिएको अवस्थामा वा महाधिवेशन तोकिएको अवस्थामा वा ६ महिनाभित्र महाधिवेशनको मिति नै तोकिएमा सभापतिका लागि लग्गैअ निर्वाचन गर्नुपर्ने भन्ने छैन व्यवस्था गरेको छ। यस व्यवस्थाले नयाँ अधिवेशन गर्न सक्ने वा पाउने अवस्था देखिएन र विधान बमोजिम कार्यवाहक सभापति हुँदाहुँदै नयाँ सभापति तोक्ने हामीमा कुनै वैधानिक बाटो छैन।
(३)तपाईद्वारा प्रेषित परिमार्जित पत्रमा उल्लेख भएको विधानको धारा २५ (७) जिल्ला नेतृत्व छनौटका सन्दर्भमा आकर्षित हुने देखिदैन। यो धारा संगठनका निकाय गठनका सम्बन्धमा व्यवस्था गरिएको होइन। यो धाराको तत्काल परि आएका कार्यका लागि मात्रै आकर्षित हुन्छ, नेतृत्व छनौटका लागि विधानले अन्य धारामा प्रष्ट व्यवस्था गरेको कुरा नै माथि उल्लेख गरिसकेको छु।
(४)नवलपरासी (वर्दघाट सुस्ता पश्चिम)जिल्लाको नेतृत्वका विषयमा पार्टीका केन्द्रीय पदाधिकारीहरुको बैठकले श्री अर्जुन पोखरेल सभापति कार्यवाहक रहेको विषयलाई सर्वसम्मतीले निर्णय गरेको कुराहामी सबैको स्मृतिमा रहेको छ भन्ने विश्वास राख्दछु।साथै, कार्यवाहक सभापति श्री अर्जुन पोखरेलकै नेतृत्वमा नवलपरासी (वर्दघाट सुस्ता पश्चिमजिल्लामा स्थानीय तह, प्रदेश र संघीय तहको निर्वाचन सम्पन्न भएको र सम्पूर्ण सांगठनिक समायोजन कार्यहरु भई त्यसको अभिलेखसमेत केन्द्रीय कार्यालयमा रहेको यहाँलाई अवगत नै छ।
(५)नेपाली कांग्रेसका विधानको धारा ४५ मा भएको व्यवस्था अनुरुप कुनै कारणले पार्टीका कुनै पनि निकायमा रिक्त हुन आउने स्थानका लागि यस विधानमा अन्यथा व्यवस्था भएकोमा बाहेक जुन प्रक्रियाबाट निर्वाचित भएको हो सोही प्रक्रियाद्वारा पदपूर्ति गरिने व्यवस्था रहेकाले कार्यवाहक सभापति विधान बमोजिम जिम्मेवारी निर्वाह रहेको गरि अवस्थामा नयाँ निर्णय गर्ने कुनै कारण देखिदैन।
आदरणीय सभापतिज्यू
आम निर्वाचन पछि पार्टीमा उत्पन्न विवादबाट पार्टीलाई थप क्षति नहोस भनेर मैले धेरै साथीहरुको आलोचना सहँदै सभापतिज्यूलाई सहयोग गरेको हुँ, तर पार्टीभित्र विवाद बढ्दै जाँदा केन्द्रीय कार्यसमिति पछिल्ला केही बैठकमा म पनि सहभागी हुन नसक्ने परिस्थिति निर्माण भएको छ। यस्तो परिस्थितिको अन्त्य गरी हामी सबै बैठकमा सहभागी हुने वातावरण निर्माण गर्न हामीबीच छलफल र कुराकानी भैरहेको बखतमा विधानमा तोकिए बाहेकका विभाग बनाइनु, पार्टीका केही साथीहरुलाई केन्द्रीय समिति सदस्य र आमन्त्रित सदस्यहरुको मनोनयन गरिनुले पार्टीभित्र एकताको वातावरण थप बिथोलिएको मेरो बुझाई छ।
अन्य विषयमा असहमति भएता पनि हामीले पार्टीको १४ औं महाधिवेशनको प्रकृया प्रारम्भ गरिसकेका छौं। महाधिवेशनका कार्यक्रमहरु समेत तय भईसकेका छन्। तर, एकाङ्की रुपमा हुने निर्णयले पार्टीको १४ औं महाधिवेशनको निष्पक्षता र सुनिश्चितता गम्भीर रुपमा प्रभावित हुन्छ। महाधिवेशन हामी सबैको साझा आयोजना हो। यो सर्वोच्च आयोजनामा पार्टीका सबै साथीहरुको उत्साहपूर्ण सहभागिताको आवश्यकता पर्दछ।
विधानको व्यवस्था अनुसार सभापतिको काम, कर्तव्य र अधिकार पार्टीको आदर्श, सिद्धान्त र मर्यादालाई उच्च राख्ने र राख्ने हो। देशमा सबै राजनीतिक पार्टी र आम नागरिकसामु नेपाली कांग्रेसको सञ्चालन पद्धतिलाई अनुकरणीय रुपमा कायम राख्नु हामी सबैको कर्तव्य हो। पार्टीको समग्र नेतृत्व गर्ने जिम्मेवारी सभापतिज्यू स्वयं रहेको कुरा मनन गर्नु हुन सादर अनुरोध गर्दछु।
तसर्थ, नवलपरासी (वर्दघाट सुस्ता पश्चिमजिल्ला विधानको व्यवस्था बमोजिम श्री अर्जुनकुमार पोखरेल कार्यवाहक सभापति रहेको जिल्ला कार्यसमितिलाई नै यथावत कायम राख्नु हुन अनुरोध गर्दछु।
जय नेपाल !