नेकपामाथि दमनको विरुद्ध बोल्यो अमेरीका, पौडेल हत्या गैरन्यायिक भएको धारणा

नेकपामाथि दमनको विरुद्ध बोल्यो अमेरीका, पौडेल हत्या गैरन्यायिक भएको धारणा

  • शुक्रबार, फाल्गुन ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 31.8K
    SHARES

काठमाडौं, फागुन ३० । विप्लव नेतृत्को नेकपाप्रति अमेरीकाले धारणा दिएको छ । खास गरी उसले सो पार्टीका सर्लाही इृन्चार्ज कुमार पौडेलको गैरन्यायिक हत्या गरिएको बताएको छ ।

नेपालमा राजनीतिक पूर्वाग्रह राखेर हत्या तथा मानवअधिकार उल्लंघनका घटना बढेको दावी गर्दै अमेरिकाले पौडेल हत्या गैरन्यायिक रहेको जनायो ।

मार्च ११ मा अमेरिकी विदेश मन्त्री माइक पम्पेओले सार्वजनिक गरेको २०१९ को मानवअधिकार अभ्यास प्रतिवेदनमा अमेरिकाले धारणा दिएको हो ।

सर्लाहीमा विप्लव नेतृत्वको पार्टीका स्थानीय नेता कुमार पौडेलको हत्यालाई प्रहरीले जवाफी कारवाही भने पनि राष्ट्रिय मानव अधिकार आयोग, एड्भोकेसी फोरमलगायतका संघ संस्थाले इन्काउन्टर नाटकीय भएको बताइरहँदा सेप्टेम्बरसम्म कुनै पनि अधिकारीहरुलाई कारवाहीको दायरामा नल्याइएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा नेपालमा २०७४ मा सम्पन्न निर्वाचनमा निर्वाचन आयोगले अपारदर्शी काम गरेको पनि उल्लेख गरिएको छ । नेपालमा गैरन्यायिक हत्या, कानुनभन्दा माथि उठेर हत्या, यातना तथा पक्राउका घटना बढेको उल्लेख छ । यसमा सरकार प्रत्यक्ष संलग्न रहेको किटानी गरिएको छ ।

वेवसाइटहरु बन्द गर्नु, गालिबेइज्जती कानुन, शान्तिपूर्ण ढंगबाट सभा सम्मेलन गर्न पाउने अधिकारको कटौती, गैरसरकारी संस्थामाथिको बन्देज, तिब्बती शरणार्थीहरुको गतिविधिमा बन्देज, भ्रष्टाचारको बढोत्तरी जस्ता घटनालाई मानव अधिकार उल्लंघन मानिएको छ ।

सरकारी अनुसन्धान पारदर्शी नभएको र संलग्न अधिकारीलाई कानुन उल्लंघनमा जिम्मेवार नबनाइएको पनि उल्लेख छ । ‘नागरिक प्रदर्शनहरुमा अधिक शक्ति प्रयोग गर्ने सुरक्षा अधिकारीलाई न त जवाफदेही बनाइएको छ न त द्वन्द्वका समयमा मानवअधिकार उल्लंघन गर्नेलाई नै,’ प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा प्रहरी इन्काउन्टरमा भक्तपुरमा मारिएका ११ वर्षीय निशान खड्कालाई अपहरण गर्ने दुई जनाको हत्याको घटना पनि टुंगो नलागेको समावेश छ । कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा १३ वर्षीय बालकको मृत्यु तथा २४ जना घाइते भएको घटनामा संलग्नलाई कारवाही नभएको पनि जनाइएको छ ।

द्वन्द्वकालमा वेपत्ता पारिएका नागरिकहरुको अवस्था सार्वजनिक हुन नसकेको भन्दै नेपालमा पछिल्लो समय गैरन्यायिक पक्राउका घटना बढेको प्रतिवेदनमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ