७० करोड कमिसनको प्रकरण छनविन गर्न सार्वजनिक लेखा समितिद्धारा अख्तियारलाई पत्र, के बास्कोटामाथि कार्बाही होला ?

७० करोड कमिसनको प्रकरण छनविन गर्न सार्वजनिक लेखा समितिद्धारा अख्तियारलाई पत्र, के बास्कोटामाथि कार्बाही होला ?

  • शुक्रबार, फाल्गुन ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

सेक्युरिटी प्रिन्टिङ्ग प्रेस खरिद प्रक्रियाको अनियमितताको मुद्दा अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेर्ने भएको छ । बिहीबार बसेको सार्वजनिक लेखा समितिको बैठकले उक्त विषय छानविनका लागि अख्तियारमा पठाउने निर्णय गरेको हो । समितिले यस विषयमा अनुसन्धान गर्न अख्तियारलाई पत्रसमेत पठाएको छ ।

बैठकले प्रिन्टिङ्ग प्रेसको मुद्दासँगै जोडिएर आएका सार्वजनिक गरिद प्रक्राया तथा जीटुजी ९सरकार र सरकार बीचको खरिद प्रक्रियाको सम्बन्धमा समेत छलफल हुने भएको छ । यसका लागि समितिले केहि दिन भित्रै सम्बन्धी मन्त्रालयका सचिवसहित मन्त्रीलाई राखेर छलफल गर्ने भएको छ ।

खास खास विषय र समयमा सरकारले जीटुजी प्रक्रियामार्फत अन्तर्राष्ट्रिय बजारबाट वस्तु तथा सेवा खरिद गर्न सक्ने भन्ने प्रावधान रहेकोमा त्यो कस्तो अवस्थामा हो सो प्रष्ट पारिने समितिका सभापति भरत शाहले बताए ।

त्यस्तै, सार्वजनिक खरिद प्रक्रियामा वस्तुको परिमाण र मूल्याङ्कन कुन केका आधारमा गर्ने गरिएको हो र यस्तो समस्या बारम्बार किन आइरहेको छ सो समेत प्रष्ट पार्न छलफल गर्ने समितिले निर्णय गरेको छ ।

अहिले जति पनि सञ्चार मन्त्रालय अन्तरगत स्याटिलाइट लगायत अन्य जतिपनि खरिद प्रक्रिया अघि बढाइएका छन् ती सबै खरिद प्रक्रिया रोक्ने र सुक्ष्म अनुसन्धान पछि मात्र प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिने निर्णय समेत समितिले गरेको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटासँग जोडिएको अनियमितताको अडियो टेप सार्वजनिक भएसँगै विवादित बनेको मुद्दामाथि लेखा समितिले यस्तो निर्णय गरेको हो । समितिमा अधिकांश सांसदहरुले उक्त जीटुजी प्रिन्टिङ्ग प्रेस खरिद प्रक्रिया तत्काल रद्द गरी उक्त मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जिम्मा लगाउनु पर्ने माग राखेका थिए ।

मन्त्री बास्कोटाले अडियो टेप सार्वजनिक भएलगतै मन्त्रीबाट राजीनामा दिइसकेका छन् । बास्कोटामाथि कार्बाही होला नहोला त्यो हेर्न बाकी छ । बास्कोटा प्रधानमन्त्री ओलीको विस्वास पात्र रहेको र उनी आलीकै घरमा बस्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ