बलात्कार कसुरमा नेकपाका नेता राईलाई ८ बर्ष जेल तोकियो

बलात्कार कसुरमा नेकपाका नेता राईलाई ८ बर्ष जेल तोकियो

  • शुक्रबार, फाल्गुन ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाण्डौं फागुण ३० । जिल्ला अदालत काठमाडौंले सत्तारुढ नेकपा निकट अनेरास्ववियुका निलम्बित केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई वलात्कारी ठहर गर्दै साढे आठ वर्ष कैद सजाय तोकेको छ।

जिल्ला न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले पीडितको अभियोग दाबी पुग्ने भन्दै राईलाई साढे आठ वर्ष कैद सुनाएको हो । पीडित युवतीका लागि एक लाख ५० हजार रुपैयाँ क्षतिपूर्तिसमेत तिर्नुपर्ने अदालतको फैसला छ ।

यसअधि नै जबरर्जस्तीकरणी भएको ठहर गरिए पनि बिहीबार मात्र सजाय र क्षतिपूर्ति तोकिएको हो । राईले गोकर्णश्वर नगरपालिका कमलबारीस्थित एक घरमा एक युवतीमाथि जबर्जस्तीकरणी गरेको भन्दै मुद्दा दर्ता भएको थियो । गत कात्तिकमा आफूमाथि जबर्जस्तीकरणी गरेको भन्दै युवतीले बौद्ध प्रहरीमा जाहेरी दर्ता गरेकी थिइन् ।

जाहेरी परेपछि प्रहरीले प्रमाण संकलन र पीडित महिलाको स्वास्थ्य परीक्षण गरेको जनाएको थियो । त्यसैगरी राईलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीको नियन्त्रणमा परेपछि राईलाई अनेरास्ववियुले केन्द्रीय सदस्य पदबाट निलम्बन गरेको थियो । नागरिक दैनिकमा प्रकाशित छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ