फागुण २९ राजविराज । सप्तरीमा बिहीबार २९, सामुहिक बलत्कार प्रयासको घटनामा पिडित महिलालाई बचाउनेलाई निर्घात कुटपिटको एक घटना भएको छ।
जिल्लाको अग्निसाईर कृष्णासवरण गाउँमापालिका वडा छ भिमार टोलमा बिहिवार विहानै भएको छिमेक पुरूषहरूबीचको बिबादमा झगडा छोडाउन गएकी स्थानीय एक महिलालाई त्यहीका देबकिशुन साह, उनकै छोरा सरोज साह , लालमोहन यादब सहितले बलात्कार प्रयास गरेका छन।
यसै क्रममा महिलालाई बचाउन गएका बुधमल साह र उनकै छोरा सिबकुमार साह र महिलालाई समेत बलात्कार प्रयास गर्ने तीनै जना र स्थानीय तिर्थिया यादब,दुर्गी यादव सहित मिली बचाउनेहरूलाई नै साङ्घातिक आक्रमण गरी निर्घात रूपले कुटपिट गरेका छन।
कुटपिटबाट टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागि रक्ताम्य अबस्थामा बेहोस रहेका बाबु-छोराको उपचारको लागि एम्बुलेन्सले बिराटनगर लगिएको कंचनपुर प्रहरी ले जानकारी गराएका छन।
यो घटनाका घ जनै आरोपितहरू प्रहरी हिरासतमा रहेको कंचनपुर प्रहरी प्रमुख मकेन्दर् मिश्रले बताए ।
