यातायात प्राधिकरणसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा

यातायात प्राधिकरणसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा

  • बिहिबार, फाल्गुन २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौँ, २९ फागुन । राष्ट्रियसभाको बैठकमा ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पेश भएको छ ।

सभाको आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले सो प्रतिवेदन पेश गर्नुभएको हो । यसैगरी अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपतिको कार्यालयबाट मन्त्रिपरिषद्को गठनसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।

बैठकमा सभाका सचिव राजेन्द्र फुयाँलले सभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएका ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५’, ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ र ‘राष्टिय खेलकूद विकास विधेयक, २०७५’ का सम्बन्धमा प्राप्त सन्देशको जानकारी गराउनुभएको थियो ।

साथै बैठकले पहिलो संविधानसभाका सदस्य धर्म घिमिरेको निधनमा शोक प्रस्ताव पारित गरेको थियो । सभाको अर्को बैठक आगामी चैत २ गते १ बजे बस्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ