सरकारले कोरोना सम्बन्धि तथ्याङ्क लुकायो : सांसद यादव

सरकारले कोरोना सम्बन्धि तथ्याङ्क लुकायो : सांसद यादव

  • बिहिबार, फाल्गुन २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

काठमाडौं, २९ फाल्गुन ।  प्रतिनिधिसभा सदस्य प्रदीप यादवले नेपालमा कोरोना भित्रिए पनि सरकारले तथ्याङ्क लुकाएर राखेको आरोप लगाएका छन् ।

बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद यादवले यस्तो आरोप लगाएका हुन् । उनले नेपालका विभिन्न ठाउँमा कोरोना भाइरसका संक्रमित भेटिएको तर सरकारले यसलाई लुकाइरहेको भन्दै दु:ख व्यक्त गरे ।

उनले अहिले कोरोना भाइरसका कारण विश्वका शक्तिशाली देशहरु गलिसकेको तर नेपाल सरकारले कुनै तयारी नगरेको आरोप समेत लगाए । ‘अमेरिका, युरोप, चीन पूरै गलिसके,’ उनले भने, ‘नेपालले के गरेको छ?’

भारतले विदेशबाट आउने सबै आगन्तुकको भिसा अप्रिल १५ सम्मका लागि स्थगित गरेको कुरालाई उदृत गर्दै उनले भने, ‘भारतले कोरोना संक्रमणलाई मध्येनजर गर्दै सबै देशबाट आउने आगन्तुकको भिसा स्थगित गरेको छ तर नेपाल सरकारले लापरवाही गरिरहेको छ, नेपालमा जुनसुकै देशबाट आउने व्यक्तिलाई कोरोना नभएको प्रमाणपत्रको आधारमा मात्र प्रवेश मिल्छ ।’

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत चिनियाँ नागरिक कोरोना भाइरस संक्रमित भएको र उनीहरुलाई क्वारेन्टाइनमा राखिए पनि बाहिर नभनिएको आशंका समेत व्यक्त गरेका छन् । ‘वास्तविकता के हो,’ उनले प्रश्न गरे, ‘के सरकारले जानकारी दिनु पर्दैन ?’ समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका सांसद यादवले कोरोना भाइरस संग लड्न एउटा विशेष प्लान ल्याउनु पर्ने सझाव दिए ।

उनले नेपालको हरेक जिल्लामा सरकारले विशेष चितिक्सकको टोलि सहित हेल्प डेस्क राख्न माग समेत गरे । अर्को प्रसंगमा बोल्दै उनले विश्वबजारमा पेट्रोलियम लगयात अन्य कच्चा पदार्थको मुल्य घटे पनि नेपाल सरकारले मुल्य समायोजन नगर्ने कारण सोध्दै, तत्काल पेट्रोलियम पदार्थको मुल्य घटाउन माग गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ