विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य वसन्त श्रेष्ठ रिहा

विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य वसन्त श्रेष्ठ रिहा

  • बिहिबार, फाल्गुन २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाडौं, २९ फागुन ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य  वसन्त श्रेष्ठ `प्रज्वलन´  रिहा भएका छन् ।
गत चैत्र ८ गते राति काभ्रे बाट गिरफ्तार परेका श्रेष्ठ ११ महिनापछि बिहीबार रिहा भएका हुन् । अदालतको आदेशमा रिहा भएपनि पटक पटक गिरफ्तार परेका नेता श्रेष्ठलाई उच्च अदालत बुटवलले रिहा गरेको हो ।
श्रेष्ठलाई नेकपा स्थाई समिति सदस्य तथा मध्यकमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओलीसँगै गत बर्ष चैत ८ गते राति काभ्रेको खानीखोला ७ मिल्चेबाट पक्राउ गरेको थियो ।
सो क्रममा श्रेष्ठलगायत ९ जनालाई पक्राउ परेका थिए । पछिल्लो पटक पूर्वी ताम्सालिङ्ग इन्चार्ज समेत रहेका श्रेष्ठलाई रुपन्देही जिल्ला अदालतले ४ हजार धरौटीमा छाड्ने आदेश दिए पनि सो रकम नबुझाएका कारण कारागार चलान भएका थिए ।
गत जेठ १० गते ललितपुर जिल्ला अदालतको आदेशमा रिहा भएका नेता श्रेष्ठलाई प्रहरीले अदालत परिसरबाटै पुनः गिरफ्तार गरि काभ्रे पु¥याएको थियो । जिल्ला प्रहरी कार्यलय काभ्रेको हिरासतमा रहेका श्रेष्ठमाथि संगठित अपराध (आगो लगाएको) सम्बन्धि अभियोग लगाइएको थियो । सोही मुद्धामा अदालतले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै पुन पक्राउ गरि रुपन्देही पुर्याएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ