प्रधानमन्त्री बिरामीः देश शैयाबाट कहिले सम्म चल्ला ?

प्रधानमन्त्री बिरामीः देश शैयाबाट कहिले सम्म चल्ला ?

  • बिहिबार, फाल्गुन २९, २०७६
  • मिर्मिरे संवाददाता

  • 10.5K
    SHARES

फागुण २९ काठमाण्डौं । गत फागुण २२ गते दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न अस्पताल भर्ना हुनु अघि आफ्नो भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले भनेका थिए, कोही पनि संसारमा अजम्बरी छैन, जसरी राम्रो खेलाडीले मैदान छाड्दैन , त्यसरी नै आफू अलप नहुने सन्देश दिएका थिए । त्यस बेला उनले आन्तरीक सरकारी पक्तिलाई केही दिनमा काममा फर्किने बताएका थिए भने अघिल्लो दिन सचिवालयको बैठकमा पार्टीका नेताहरुलाई आफूले मृगौला प्रत्यारोपण गर्न लागेको र केही दिनमा फर्किने जनाउ दिएका थिए र अरुले श्वास्थ्य लाभको कामना गरेका थिए ।
२२ गते बेलुका शिक्षण अस्पतालमा भर्ना भएका उनको २४ गते मृगौला प्रत्यारोपण गरियो दोस्रो पटक । १२ बर्ष अघि ०६४ साल साउनमा भारतको एपोलो अस्पतालमा उनको पहिलो पटक प्रत्यारोपण भएको थियो ।
अहिले स्वदेशमै प्रत्यारोपण गरेर सकारात्मक सन्देश दिएका प्रधानमन्त्रीको ईच्छाशक्ति बलियो छ । यसबारे चिकित्सक र अन्य क्षेत्रबाट आएका प्रतिकृयाहरुलाई हेर्दा थाहा हुन्छ । त्यसका बाबजुद उनी शिक्षण अस्पतालको शैयाबाट निस्कन सकेका छैनन् ।
यसै साता उनको डिस्चार्ज हुने कुरा थियो । दिनै पिच्छे चिकित्सकहरुले पत्रकार सम्मेलन गरेर जानकारी दिईरहेका छन् उनको श्वास्थ्यको । उनलाई मृगौला दिने भाञ्जी समिक्षा संग्रौला डिस्चार्ज भईसकेकी छन् । तर ओलीको डिस्चार्ज हुने ईच्छा हुदाँ हुदै पनि डाक्टरहरु हिचकिचाईरहेका छन् ।
उनलाई थप संक्रमणको आशंका रहेर पिशाबको कल्चर गर्न थालिएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली सामान्य अवस्थामा फर्कन ६ महिना देखी १ बर्ष समय लाग्ने चिकित्सकहरुले बताईसकेका छन् । त्यति मात्रै होइन प्रधानमन्त्री ओलीमा संक्रमणको उच्च जोखिम रहने हुँदा उनी भेटघाट र वैठक जस्ता क्रियाकलापबाट समेत टाढै बस्नु पर्ने छ ।
चिकित्सकहरुले एक महिना सम्म त बाहिर हिंडडुल गर्न समेत नहुने बताएका छन् । त्रिवि शिक्षण अस्पतालले मंगलवार गरेको विशेष पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह शाहले प्रधानमन्त्रीको सरकारी निवास वालुवाटबाटै सवै काम गर्ने व्यवस्था गरिदैछ ।
त्यसको मतलव हो, प्रधानमन्त्रीले देश अझै अस्पतालको शैया या बालुवाटारको मेडिकल अनुकुलित कक्षमै बसेर कार्यकारी जिम्मेवारी सम्हाल्नु पर्ने हुन्छ । जहाँ उनलाई धेरै मान्छेले सम्पर्क गर्न पाउने छैनन, धेरै बैठक र कार्यक्रममा उनले उपस्थिति जनाउन कठिन हुने छ । अहिले तत्कालै पनि देशमा कोरोनाको त्रासले ठूलो हाहाकार पैदा भएको छ । सरकारले के गर्ने , कसरी गर्ने भन्ने सन्दर्भमा कार्यबाहक जिम्मेवारी समेत अरुलाई नदिएका कारण ठोस निर्णयहरु लिन कठिन भएको छ । साप्ताहिक मन्त्रीपरिषद्को बैठक बस्न सकेन यो साता । प्रधानमन्त्री सक्रिय हुने अवस्था नभएको जुनसुकै बेला कार्यवाहक प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्रिपरिषद् बस्नु पर्ने हुन्छ । प्रधानमन्त्रीले त्यो अवस्था सिर्जना नगरेर नैतिक दायित्व पूरा नगरेकोमुख्य सचिव डा. विमल कोइरालाको दावी छ ।
अब प्रश्न उठ्छ देशमा स्थायी सरकार छ भन्ने सन्देश दिन, स्थीरताको सन्देश दिन प्रधानमन्त्रीको निरन्तरता आवस्यक भए पनि श्वास्थ्य प्रतिकुलताका बीच कार्यबाहक जिम्मेवारी प्रदान गर्ने वा अर्को प्रधानमन्त्री छनौट गर्ने बिषयमा बहुमत प्राप्त नेकपाले के सोचिरहेको छ ?
प्रधानमन्त्रीको उपचार श्रृंखला
गत सेप्टेम्बर पहिलो साता सदनमा काग्रेसका सासद गगन थापाले सवोधन गर्दै भनेका थिए “ हामी घरमा बा बिरामी हुदाँ अब धपेडी नगर्नुस् आराम गर्नुस् भन्छौ, धेरैले प्रधानमन्त्री ओलीलाई बा भनेको सुनेको छु , हाम्रो पनि बा सरह हुनुहुन्छ त्यसो भए उहालाई किन आराम गर्नुस् बा भनेर भन्न सक्दैनौ ? हामीले हिजो पनि त्यो गल्ती गर्यौं अब यस्तो गल्ती नगरौं, नेकपामा एक से एक प्रधानमन्त्री भएका र हुन ईच्छा गरेका व्यक्ति हुनुहुन्छ बनाऔं ” जतिखेर प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा उपचार गराईरहेका थिए । सदनमा उनको यो प्रसंग उठ्दा पूर्व प्रधानमन्त्री झलनाथ खनाल सहितका सासदहरु हाँसिरहेकोे देखिन्थ्यो ।
त्यस पछि मंसिरमा मलाई अब १५–१६ वर्ष केही हुदैन भनेको भोलिपल्टै उनी बालुवाटारमा विरामी परे । बेस्सरी पेट दुखे पछि टिचिङ पुर्याए पछि थाहा भयो उनलाई एपेन्डिसाईट भएको रहेछ । त्यस पछि त्यसको अप्रेसन र उपचारले साता दिन बढी समय लियो । त्याहाँबाट डिस्चार्ज गरेर वालुवाटारमै हेल्थ सेन्टर र निजि चिकित्सक राखेर उपचार गरिदै गर्दा अहिले पटक पटक डायलसिसले समेत धान्न नसक्ने भए पछि उनको गत बुधबार मृगौला प्रत्यारोपण गरिएको छ ।
यसै कारणले प्रधानमन्त्रीले सागको समापनमा विरामी अवस्थामै भिडियोबाट सन्देश दिए, सिंहापुरमा रहदा भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषद्को बैठक बसालेको भने पछि त्यसको निकै आलोचना भएको थियो ।
अहिले विभिन्न कोणबाट प्रश्न उठ्न थालेको छ कि १२ वर्ष अघि मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको श्वास्थ्य जटिल नै बनिरहने हो भने के देशले अर्को प्रधानमन्त्री पाउन सक्दैन ?
पहिला पटक पटक स्वर्गीय प्रधानमन्त्री गिरीजा प्रसाद कोईराला बिरामी हुदाँ पनि यस्ता प्रश्नहरु उठेका थिए । मनमोहन अधिकारी प्रधानमन्त्री पदमै हुदाँ बिरामी भएका बेला अविस्वासको प्रस्ताव ससंदमा पेश भएर हटाईएको थियो ५१ सालमा ।
अहिले प्रधानमन्त्रीलाई उच्च चिकित्सकीय निगरानीमा राखिएको छ यही अस्वस्थताकै कारण प्रधानमन्त्री ओलीले पार्टीको कार्यभार प्रचण्डको काधमा राखिदिए भने कार्यबाहक रुपमा प्रधानमन्त्रीको कार्यभार हेर्ने गरी उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई उभ्याएका थिए त्यसबेला ।
अहिलेको व्यवस्था अनुसार प्रधानमन्त्री देशको कार्यकारी प्रमुख हो । त्यस अर्थ प्रधानमन्त्री व्यक्ति नभएर संस्था हो , व्यक्ति विरामी पर्न सक्छ तर त्यसो भन्दैमा देशलाई सधै विरामी पर्न दिनु ठीक होला ?
कोरोनाको त्रास, सीमा विवाद देखि थुप्रै आन्तरीक जटिलतामा देश फसिरहेका बेला, सरकार विरुद्ध जनतामा तीव्र आक्रोस पैदा हुदै गएका बेला कार्यकारी लामो समय शैयामा रहनु पर्यो भने अवस्था कस्तो होला यसबारेमा चिन्ता शुरु भएको देखिन्छ । प्रधानमन्त्री कहिले झाडा पखाला लाग्दा बैंकक पुगेको, सिगापुर पटक पटक,भारत पटक पटक गएको र अब देशमा विकल्प चाहिने भएकाले कार्यबाहक रुपले कुनै मन्त्रीपरिषद् सदस्यलाई जिम्मेवारी दिनु वा सोही पार्टीबाटै अर्को व्यक्ति चयन गर्दा पनि खासै अस्थीरता देखा नपर्ने बुद्धीजीवीहरुको सुझाव छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ