प्रचण्डले त्यस ठाँउबाट आतंककारी शब्द प्रयोग गरे, जुन ठाँउले उनको टाउकोको मुल्य ५० लाख तोकेको थियो ( विज्ञप्ति सहित )

प्रचण्डले त्यस ठाँउबाट आतंककारी शब्द प्रयोग गरे, जुन ठाँउले उनको टाउकोको मुल्य ५० लाख तोकेको थियो ( विज्ञप्ति सहित )

  • बुधबार, फाल्गुन २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 49.4K
    SHARES

फागुण २८ काठमाण्डौं । बुधबार सामाजिक सञ्जालमा एउटा सरकारको १७ बर्ष अघि जारी गरेको सूचना र आज नेकपाका अध्यक्ष प्रचण्डले जारी गरेको विज्ञप्ति प्रसार भईरहेका छन् ।
पहिलो सूचना हो ५९ साल बैशाख १२ गतेको । जसमा माओवादमिाथि दमन गरीरहेको तात्कालीन सरकारले प्रचण्ड, बाबुराम, मोहन बैद्य लगायतलाई जिउदै वा मरेको अवस्थामा बुझाउन र ५० लाख लैजान अफर गरिएको थियो ।
दोस्रो चाहँी आज पूर्व सञ्चारमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य गोकुल बास्कोटाको घरमा बम बिष्फोट भए पछि नेकपाका अध्यक्ष प्रचण्डले जारी गरेको विज्ञप्ति । जुन विज्ञप्तिमा यो बम पड्काउनेलाई प्रचण्डले आतंककारी शब्द प्रयोग गरेका छन् । जसलाई लिएर टिप्पणीहरु भईरहेका छन् । टाउकोको मुल्य ५० लाख सम्म माओवादी नेताहरुको ५२ सालमा शुरु भएको दश बर्षे माओवादी जनयुद्ध जसलाई ५८ साल पछि पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले आतंककारी घोषणा गरेको थियो । त्यस पछि भारत र अमेरीकाले माओवादीलाई आतकंकारी घोषणा गर्यो । त्यसको ६ महिना पछि यस्तो सूचना छापिएको थियो ।


अहिले बास्कोटा निवासको यो बम विष्फोटको जिम्मेवारी लिएको छ विप्लव नेतृत्वको नेकपाले । उसले १० वटा बुदामा पर्चा लेखेर सेक्युरीटी प्रेस खरीद प्रकृयामा करोडौ कमिसन खाएको, फोरजी, स्कुल स्कुलमा ईन्टरनेट राख्ने मामलामा कमिसन खाएको लगायतका आरोपहरु लगाईएको छ ।
यो पर्चा भेटिएको केही घण्टाभित्र अध्यक्ष प्रचण्डको नाममा जारी भएको विज्ञप्तिमा आतंककारी समुहले घरमा प्रेसर कुकर बम प्रहार गरेकोमा निन्दा गर्दै नियन्त्रणमा लिएर हदै सम्मको कार्बाही गर्न माग गरिएको छ ।

१७ बर्ष अघि तीनै प्रचण्डले बम हान्दा, मान्छे मार्दा, युद्ध गर्दा आतंककारी भनिएकोमा विरोध गर्थे र जनयुद्ध हो भन्थे । जब उनी जनयुद्धको आडमा आज सत्तामा आईपुगे । तब उनले सत्ताको विरोध गर्ने, राज्यलाई चूनौती दिने नेकपालाई आतंककारीको संज्ञा दिए पछि सामाजिक सञ्जालमा चर्चाको बिषय बनेको छ ।

०५९ साल बैशाख १२ गते गृहमन्त्रालयले गोरखापत्र दैनिकमा प्रकाशित गरेको सूचनामा आतंककारीका नाईकेहरु बाबुराम भट्टराई, पुष्पकमल दाहाल ( प्रचण्ड ) र मोहन बैद्य किरणलाई जिउदै वा मृत रुपमा सुरक्षाकर्मीलाई बुझाउनेलाई ५० लाख रुपैया दिने पहिलो नम्बरको सूचनामा थियो ।
त्यसपछि क्रमश अन्य नेताहरुको ३५ लाख र २५ लाखका दरले माओवादी नेताहरुको जीवनको मुल्य तोकिएको थियो । जस पछि माओवादीले आफ्नो आक्रमणलाई तेज पारेर लग्यो । कोही जनताले प्रचण्ड बाबुरामको टाउको बुझाएनन् वा सुराकी दिएनन् । यसको अर्थ राज्यप्रति जनताको विस्वास थिएन र माओवादी प्रति आशा राखेका थिए ।
यसैको फलस्वरुप शान्ति सम्झौता पछि ६४ सालमा भएको संविधान सभाको निर्वाचनमा माओवादीलाई लगभग बहुमत मत दिएका थिए । तर माओवादीले पनि केही नगर्ने रहेछ भन्ने जब पर्यो त्यस पछि उनीहरुले माओवादीलाई मत दिएनन् ७० सालमा ।
जनताका निम्ती व्यक्त गरिएका प्रतिवद्धता पूरा नभएको भन्दै मोहन बैद्यको नेतृत्वमा ६९ सालमा अलग्गै पार्टी निर्माण समेत गरेर प्रचण्डबाट एउटा धार अलग्गिएको थियो , त्यस पछि बाबुराम पनि अलग्गिए । पछि बैद्यबाट अलग्गिएर ७१ सालमा बनेको नयाँ पार्टी हो नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा ।
राज्यले नेकपामाथि प्रतिवन्ध लगाएको ठीक एक बर्ष पछि सत्तारुढ पार्टीका अध्यक्षले आतंककारीको संज्ञा दिएका छन् । यसले प्रचण्डको नैतिक छविमाथि प्रश्न उठ्ने सामाजिक सञ्जाल प्रयोगकर्ताको टिप्पणी छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ