गोकुल बास्कोटाको घरमा बम विष्फोट गराएको जिम्मा लिदै नेकपाले देखायो १० वटा कारण

गोकुल बास्कोटाको घरमा बम विष्फोट गराएको जिम्मा लिदै नेकपाले देखायो १० वटा कारण

  • बुधबार, फाल्गुन २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

फागुण २८ काठमाण्डौं । पार्टीमाथि प्रतिवन्ध लगाएको एक बर्ष पूरा भएको दिन विप्लव नेतृत्वको नेकपाले पूर्व सञ्चारमन्त्री एवं प्रधानमन्त्री केप शर्मा ओलीका विस्वास पात्र गोकुल बास्कोटाको घरमा बम विष्फोट गराएको घटनाको जिम्मेवारी लिएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका नाममा जारी पर्चामा ‘भ्रष्टाचारी गोकुल बास्कोटामाथि कारबाही किन रु’ शीर्षकमा जारी पर्चामा बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदप्रकरणमा ७० करोड घूस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेको, २४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेको, १९ अर्बको फोर–जी सेवा विस्तारका क्रममा करोडौँ रकम दुरुपयोग गरेको, १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौँ कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भूमिका निर्वाह गरेको, मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवासुविधाका नाममा करोडौँ हिनामिना गरेको, सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेको, नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासिवादी दमनको योजनाकार र हत्याको मतियार बनेको, राष्ट्र, जनता र क्रान्तिका विरुद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएको, आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएको, देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्टमध्ये एक पात्र भएकोलगायत १० कारण देखाईएको छ ।  आज बिहान निर्माणाधीन घरमा बिष्फोट भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ