कांग्रेस बिवाद चर्कियोः देउवाले हटाए पौडेल पक्षीय जिल्ला सभापति, प्रतिवाद गर्न पौडेलले बोलाए बैठक

कांग्रेस बिवाद चर्कियोः देउवाले हटाए पौडेल पक्षीय जिल्ला सभापति, प्रतिवाद गर्न पौडेलले बोलाए बैठक

  • मङ्लबार, फाल्गुन २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 14.4K
    SHARES

काठमाडौं, २७ फागुन । नेपाली कांग्रेसको बिबाद थप चर्किएको छ । भागवण्डा मिलाउने सहमतिपछि विवाद समाधान भएको बताएको काग्रेसमा सभापति देउवालेनेता रामचन्द्र पौडेल पक्षीय जिल्ला सभापतिलाई हटाईदिएपछि विवाद पुनः चर्किएको हो ।
सभापति देउवाले नवलपरासी (बर्दघाट पश्चिम) का कार्यबाहक सभापति अर्जुन पोखरेललाई हटाएका छन् । पोखरेलको ठाउँमा देउवाले आफैंले हस्ताक्षर गरेर विष्णु पौडेललाई सभापति तोकेको पत्र पठाएपछि पार्टीका विभाग गठनको विषयलाई लिएर संस्थापनइतर पक्षले विरोध जनाइरहेका बेला देउवाको कदमले पार्टी्भित्र किचलो झनै बढेको छ ।
पोखरेल महामन्त्री शशांक कोइराला निकट हुन्। राज्य पुर्नसंरचना अघि जिल्ला कार्यसमितिका सभापति विष्णु लामिछाने जिल्ला विभाजित भई दुईवटा भएपछि बर्दघाट पूर्वका सभापति नै रहे भने नयाँ जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा तत्कालीन उपसभापति रहेका पोखरेललाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको थियो।
पोखरेलले आफ्नो समूहको हितमा काम नगरेको कारणले हटाइको आरोप संस्थापन इतरपक्षले लगाएको छ। उनीहरुले महाधिवेशनलाई प्रभावित पार्न सभापति विधान विपरीतको बाटो हिँड्न थालेको भन्दै विरोध गरेको थिए।
उक्त विषयलाई लिएर महामन्त्री कोइराला निवास महाराजगञ्जमा मंगलवार नै बसेको वरिष्ठ नेता पौडेल पक्षको बैठकले देउवाले महाधिवेशन ‘कब्जा’ गर्नका लागि आफ्नो विरोधीहरुलाई ‘फायर’ गर्ने र आफ्नो पक्षकालाई ‘हायर’ गर्ने रणनीति बनाएको निष्कर्ष निकालेको थियो।
बैठकपछि केन्द्रीय सदस्य मिनेन्द्र रिजालले सभापति देउवाको पछिल्ला कदम विरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा बुधबार पार्टी केन्द्रीय कार्यालयमा बैठक राखिएको जानकारी दिए।
पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले भने देउवाले विधान सम्मत रुपमा नै नयाँ सभापति मनोनयन गरेको दाबी गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ