काग्रेस चितवनका पूर्व नेता मल्लको निधन, सभापति देउवाद्वारा दुःख व्यक्त

काग्रेस चितवनका पूर्व नेता मल्लको निधन, सभापति देउवाद्वारा दुःख व्यक्त

  • मङ्लबार, फाल्गुन २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका चितवन रत्ननगरकार्यसमितिका पूर्वसभापति सम्मरबहादुर मल्लको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले आज एक शोेक विज्ञप्तिमार्फत उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । पूर्वनगरसभापति मल्लको गए राति काठमाडौँको वीरअस्पतालमा उपचारका क्रममा ५६ वर्षको उमरेमा निधन भएको हो ।

मल्ल मिर्गौलासम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । स्व मल्लले काँग्रेसको सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।
यसैगरी सभापति देउवाले विसं २०१८ मा तनहुँको कोत्रेमा शहीद हुनुभएका लालध्वज गुरुङकी धर्मपत्नी अमृता गुरुङको निधनप्रति पनि दुःख व्यक्त गर्नुभएको छ । अमृता गुरुङको आज भरतपुर महानगरपालिका–१९ स्थित आफ्नै निवासमा ९३ वर्षको उमेरमा निधन भएको हो । सभापति देउवाले उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ