फागुण २७ काठमाण्डौं । चीनले नेपालमा केोरोना नफैलिने विस्वास गर्दै यदी फैलिएमा नियन्त्रणका लागि सहयोग गर्ने बचन दिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसँग भेट गर्दै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालको तयारीबारे समेत जिज्ञासा राखेकी थिईन् ।
कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण र रोकथामका लागि अपनाएका सबै खालका प्रविधि, औषधि र सूचना नेपाललाई दिन चीन सरकार तयार रहेको उनले बताईन् ।
कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि चीनको अनुभवबारेमा जानकारी गराउँदै राजदूत यान्छीले कोरोना सङ्क्रमणबाट पीडित ८० हजार ९०० बिरामीमध्ये ५९ हजार चिनियाँ नागरिक उपचारपछि घर फर्किएको जानकारी गराएकी थिईन् ।
भेटमा पर्यटनमन्त्री भट्टराईले कोरोना भाइरसको समस्याबाट चीन चाँडै मुक्त हुन लागेकोमा खुशी व्यक्त गर्दै कोरोनाको जोखिम रोकथामका लागि नेपालले सबै तयारी गरिरहेको जानकारी दिएका थिए ।