खाद्यन्न छ महिना र औषधी चार महिनालाई मौज्दात रहेको सरकारको निष्कर्ष

खाद्यन्न छ महिना र औषधी चार महिनालाई मौज्दात रहेको सरकारको निष्कर्ष

  • मङ्लबार, फाल्गुन २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

फागुण २७ काठमाण्डौं । सरकारले कोरोनाको संभावित जोखिम रहेका बेला खाद्यन्न ६ महिना र औषधि ४ महिनालाई मौज्दात रहेको निष्कर्ष निकालेको छ ।
आज मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय सिंहदबारमा कोरोना भाईरस रोकथामको विषयमा उच्चस्तरीय छलफलका क्रममा यस्तो रिपोर्ट प्रस्तुत भएको छ ।

नोबल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बैठक बसेको हो।
बैठकमा अर्थ, पर्यटन, स्वास्थ्यलगायत मन्त्री र सम्बन्धित निकायका अधिकारीको उपस्थिति थियो।

बैठकमा खाद्यान्न, औषधिलगायत अत्यावश्यकीय वस्तुको अवस्थाको विषयमा छलफल भएको हो। छलफलमा विभागीय मन्त्रीसँगै विभिन्न स्टेक होल्डरका प्रतिनिधि सहभागी थिए।

कोरोना नियन्त्रण र रोकथामका लागि बनेको उच्चस्तरीय समितिमा स्वास्थ्य, गृह, रक्षा, पर्यटनलगायत विभिन्न नौ मन्त्रालयको प्रतिनिधित्व रहेको छ।

छलफलमा सहभागीले खाद्यान्नको मौज्दात ६ महिनासम्म र औषधिलगायत अत्यावश्यक वस्तु चार महिनासम्म पुग्ने अवस्थामा रहेको बताए । यस्तै ईन्धन तीन महिना सम्म पुग्ने गरी रहेको र छलफलमा सहभागी मन्त्रीले अत्यावश्यक वस्तुको आयातमा अवरोध नहुने वातावरण बनाउने प्रतिवद्धता जनाएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ