फागुण २७ काठमाण्डौं । मिर्गौला प्रत्यारोपणपछि बिरामीलाई आवश्यक पर्ने सम्पूर्ण चिकित्सकीय सेवा तय भएपछि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिक्षण अस्पतालबाट डिस्चार्ज गर्ने अस्पतालले जनाएको छ ।
मंगलबार अपरान्ह प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा सामेल भएका सम्पूर्ण चिकित्सकको संयुक्त पत्रकार सम्मेलनमा बालुवाटारमा प्रधानमन्त्रीलाई आवश्यक पर्ने सम्पूर्ण चिकित्सकीय तथा घरेलु व्यवस्था भएपछिप्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले जानकारी दिइन्।
सिंहको नेतृत्वमा आयोजित पत्रकार सम्मेलनमा प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीको सम्पूर्ण स्वास्थ्य सूचक सामान्य रहेको जानकारी दिइएको थियो। पत्रकार सम्मेलनमा डा. उत्तम शर्मा,डा. प्रेम ज्ञवाली, डा।सुवास आचार्य लगायतले आफ्ना धारणा राखेका थिए।
अघिल्लो साता मृगौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीलाई भोलिसम्म डिस्चार्ज गर्ने यस अघि बताईएको थियो ।