वामदेव गौतमलाई लागेको ‘ब्रेक’ खुस्काउन शीर्ष नेतालाई सकस

वामदेव गौतमलाई लागेको ‘ब्रेक’ खुस्काउन शीर्ष नेतालाई सकस

  • मङ्लबार, फाल्गुन २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं, २७ फागुन ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजाने निर्णयमा ‘ब्रेक’ लाग्दा शीर्ष नेता छटपटीमा परेका छन् । १५ फागुनमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष गौतमलगायतको सहभागितामा ललितपुर खुमलटारमा बसेको बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजाने आन्तरिक सहमति गर्‍यो ।

तर, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले त्यसमा ब्रेक लगाएपछि उनीहरु छटपछीमा परेका हुन् । यसअघि, भैसेपाटीसिथत गौतम निवासमा बसेको शीर्ष नेता सम्मिलित बैठकले यस विषयलाई अघि बढाउन सहमति गरेको थियो ।

खुमलटार बैठक बसेलगतै नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजाने निर्णय गर्‍यो  । त्यसपछि प्रधानमन्त्री ओली आफूविरुद्ध षड्यन्त्र सुरु भएको विश्लेषण गर्दै सचिवालय निर्णय कार्यान्वयन नगर्ने निष्कर्षमा पुगे ।

खुमलटारमा सहमति गरेर सचिवालय बैठकबाट उनलाई अल्पमतमा पारेर निर्णय गरिएको भन्दै गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने योजना पर धकेलिएको हो । सचिवालय निर्णय लगतै ओलीले नेता नेपाललाई फोन गरेर बालुवाटारमा छलफल गरे ।

उनले केही व्यापारीको स्वार्थमा अर्थमन्त्री डा. खतिवडालाई हटाएर गौतमलाई ल्याउन नसकिने संकेत गरिसकेका छन् । प्रधानमन्त्री ओली दोस्रो पटक मृगौंला प्रत्यारोपण गरी आराम गर्दैछन् । राजधानी दैनिकबाट ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ