पिउने पानी भन्दा सस्तो भयो कच्चा तेल ! १९९१ पछिको सबै भन्दा सस्तो

पिउने पानी भन्दा सस्तो भयो कच्चा तेल ! १९९१ पछिको सबै भन्दा सस्तो

  • सोमवार, फाल्गुन २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

एजेन्सी फागुण २६ । १९९१ को खाडी युद्ध पछि कच्चा तेलको मुल्य सबै भन्दा सस्तो भएको छ । साउदी अरबले एकै पटक कच्चा तेलको मुल्यमा ३० प्रतिशतले घटाए पछि यो नयाँ रेकर्ड कायम भएको हो ।
३१ बर्ष पछि साउदी अरबका कारण एकै रातमा तेलको मुल्य घटेर ३१.२ डलर प्रतिब्यारेल झरेको छ । यसले अन्तराष्ट्रिय शेयर बजार र रुसी मुद्रामा भुईचालो ल्याएको छ । रुसी मुद्रा रुबेल यसका कारण चार प्रतिशत घटेको छ डलरको तुलनामा ।
तेल उत्पादक राष्ट्रहरुको समुह ओपेकको बैठकमा उत्पाद घटाउने साउदीको प्रस्तावमा रुसले नमानेका कारण साउदीले मुल्य घटाएर चूनौती पेश गरेको हो ।
कोरोनाका कारण तेलको मुल्यमा गिरावट आए पछि मुल्य स्थिर राख्न उत्पादन घटाउनु पर्ने साउदीको प्रस्तावमा रुसले नमानेका कारण साउदीले क्रुद्ध हुदै मुल्य बढाएको बताईएको छ ।
यसरी एक ब्यारेलमा एक सय ५९ लिटर कच्चा तेल हुन्छ । जसको मुल्य ३१.२ डलर छ । डलरको नेपाली भाउ अनुसार प्रति लिटर कच्चा तेलको मुल्य २२ रुपैया हाराहारी पर्छ । जब कि नेपालमा पिउने पानी मिनरल वाटर २५ रुपैया सरदरमा बिक्री भएको देखिन्छ । कतै २० रुपैयामा छ भने धेरै जसो ठाँउमा २५ देखि ३५ रुपैया सम्म छ । औसत पानी भन्दा कच्चा तलेको मुल्य सस्तो भएको छ ।
यद्यपि, नेपालले सिधा उत्पादक राष्ट्र नभई भारतबाट ल्याउने भएका कारण कर , ढुवानी, मुनाफा आदि कारणले पेट्रोलियम पदार्थ अपेक्षाकृत सस्तो भने हुदैन ।
तर अन्तराष्ट्रिय बजारमा आएको यो गिरावट पछि भारतमा त्यस पछि नेपालमा पेट्रोल डिजेलको मुल्यमा कमी आउन सक्ने अपेक्षा गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ