चक्रपथका तीन स्थानमा ‘फ्लाइओभर’ 

चक्रपथका तीन स्थानमा ‘फ्लाइओभर’ 

  • सोमवार, फाल्गुन २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, २६ फागुन । सडक विभागले चक्रपथको कोटेश्वर कंलकी सडक खण्डको विभिन्न तीन स्थानमा फ्लाइओभर बनाउने योजना ल्याउने भएको छ ।

चीन सरकारले उक्त सडक खण्ड चौडा पारी स्तरीय बनाउन पनि मुख्य चोकमा लामो समयसम्म सवारी रोक्नुपरेकाले फ्लाइओभरको योजना ल्याएको हो ।

कोटेश्वरदेखि कंलकीसम्म चक्रपथको ललितपुर खण्ड पर्ने मुख्य चोकहरु ग्वार्को, सातदोबाटो, एकान्तकुना वा बल्खुमा फ्लाइओभर निर्माणको योजना ल्याएको विभागका महानिर्देशक केशव शर्माले बताए ।

यस सडक खण्ड निर्माण गर्ने क्रममा चिनियाँ सरकारले कंलकीमा अन्डरपास निर्माण सम्पन्न गरेपछि त्यहाँ हुने ट्राफिक जाम हटेको छ भने अन्य स्थानमा ज्युँको त्युँ छ ।

उपत्यकाको मुख्य नाकाका रुपमा रहेको नागढुंगा हुँदैं कंलकीमा सवारी चाप परी घण्टौं जाम पर्ने गथ्र्यो । नेपाल समाचारपत्र बाट ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ