शीर्ष नेताको मतमतान्तरले तल्लो तहमा विभाजन भयो भने मिलाउन समस्या हुन्छः प्रचण्ड

शीर्ष नेताको मतमतान्तरले तल्लो तहमा विभाजन भयो भने मिलाउन समस्या हुन्छः प्रचण्ड

  • आइतवार, फाल्गुन २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

चितवन, २५ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका शीर्ष नेताबीच देखिएको सामान्य मतभेदलाई लिएर तल्लो तहका कार्यकर्ता विचलित हुन नहुने बताउनुभएको छ । नेकपा चितवनको सचिवालय बैठकमा आज पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले केही दिन अगाडि पार्टीको सचिवालय बैठकपछि भएको सामान्य मत विभाजनलाई लिएर कार्यकर्ताले विचलित मनस्थिति बनाएको भए त्याग्न अनुरोध गर्नुभयो ।

बैठकमा सहभागी जिल्लाका एक नेताका अनुसार अध्यक्ष दाहालले भन्नुभयो, “माथिका शीर्ष नेताबीच केही विषयमा मतमतान्तर भइरहन्छ, आज मत एक हुँदैन भोलि हुन्छ, त्यही कुरालाई लिएर तल्लो तहमा मत विभाजन भयो भने मिलाउन समस्या हुन्छ ।” शीर्ष नेतामा कुनै समस्या नभएको भन्दै उहाँले ‘हामी मिलिहाल्छाँै तपाईंहरुमा समस्या आयो र मिल्नु भएन भने मिलाउन कठिन हुन्छ’ भन्नुभयो । तल्लो तहमा पार्टी निर्माणमा लाग्न अध्यक्ष प्रचण्डले जिल्लालाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “तपाईंहरु पार्टीको खम्बा हो, जनस्तरमा पार्टीको कार्य योजना, सरकारको काम, पार्टीले खेल्नुपर्ने भूमिका सबै जिम्मेवारी पूरा गर्नु छ ।”

कार्यकर्तामा समस्या आएमा त्यसलाई जोड्न धेरै मेहनत गर्नुपर्ने भन्दै उहाँले ‘शीर्ष नेतृत्वमा के भयो भन्दा पनि हामी एक छौँ तपाईंहरुलाई हाम्रो यस्तो सुझाव छ’ भनेर सल्लाह दिनसमेत अध्यक्ष प्रचण्डले आग्रह गर्नुभयो । सचिवालय बैठकले गरेको निर्णय कार्यान्वयन हुनेमा ढुक्क रहन उहाँले अनुरोध गर्नुभयो । “अर्का अध्यक्ष तथा प्रधानमन्त्री उपचारका लागि अस्पतालमा हुनुहुन्छ त्यहाँबाट फर्केपछि निर्णय कार्यान्वयन हुन्छ”, अध्यक्ष दाहालले भन्नुभयो, “हामीले एक मत भएर उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेका छौँ त्यो कार्यान्वयन हुनेछ त्यसमा दुई मत हँुदैन ।”
पार्टीले सञ्चालन गरेका गतिविधि र सरकारले गरेका राम्रा कामको विषयमा जनस्तरसम्म लैजान उहाँले सबैलाई निर्देशन दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ