कम्युनिस्ट महाराजहरुबाट महिला मुक्ति सम्भव छैन: वैद्य

कम्युनिस्ट महाराजहरुबाट महिला मुक्ति सम्भव छैन: वैद्य

  • आइतवार, फाल्गुन २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 15.1K
    SHARES

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले आजकल श्रमिककाे प्रयाेग गर्न छाडेर महिला दिवस मात्रै भन्ने गरिएकाे बताउनु भयाे । श्रम कार्यदिवस, श्रमको समान ज्याला, राजनीतिक मताधिकार, सबै प्रकारका भेदभावका विरुद्ध अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु गरेको प्रसंग कोट्याउँदै उहाँले भन्भनुभयाे,’सबैले यो दिवस मनाउनु राम्राे भएपनि महिला दिवसमा ‘श्रमिक’ शब्द छुटाइनु दुःखको कुरा हाे ।’

उहाँले भनुभयाे,  ‘श्रमिक शब्द कता हरायो ?’ महिला मुक्ति श्रमिक महिला वर्गहरुलाई चाहिएको होइन र ?’ आदिम साम्यवादी समाजमा मातृसत्ता रहेको विभिन्न तथ्य प्रमाणले पुष्टि गरेको र त्यसबेला शोषण उत्पीडन नरहेको, शोषण उत्पीडनको स्रोत भनेको निजी सम्पत्ति, परिवार र राज्यसत्ता भएको भन्दै महासचिव किरणले त्यहींबाट पितृसत्ताको सुरुवात भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘पितृसत्ताले महिलामाथि उत्पीडन सुरु गर्यो ।’

दासयुग, सामन्तवादी युग, पुँजीवादी युग सबै पितृसत्तामा आधारित राज्यव्यवस्था भएको चर्चा गर्दै महासचिव किरणले वास्तविक अर्थमा श्रमिक महिला वर्गको मुक्ति वैज्ञानिक समाजवाद हुँदै साम्यवादी युगमा मात्र हुने स्पष्ट पार्नुभयो ।

महिलाहरु तुच्छ घरेलु दासको रुपमा रहँदै आएको भन्दै महासचिव किरणले त्यसका लागि महिलाहरु घरबाट बाहिर निस्केर सामाजिक र राजनीतिक काममा संलग्न हुनुपर्ने आवश्यकता औल्याउनु भयो । त्यसका लागि शिशु स्याहार केन्द्र, सामुहिक भान्साघर, बच्चाहरुको पढ्ने स्कूललगायतको स्थापना गर्ने काम राज्यले गर्नुपर्ने बताउँदै महासचिव किरणले यस्तो कार्य पुँजीवादी प्रतिक्रियावादी सत्ताले नगर्ने दावी गर्दै रुसमा लेनिनको नेतृत्वमा स्थापित भएको समाजवादी राज्यव्यवस्थाले त्यो काम गरेको उदाहरण प्रस्तुत गर्नुभयो ।

विश्वमा महिला मुक्ति आन्दोलनमा संसदवादी, संशोधनवादी तथा अवसरवादी, नारीवादी र माक्र्सवादी गरी चारवटा धारा रहेको भन्दै क्रान्तिकारी श्रमिक महिलाहरुले संसदवादी, संशोधनवादी तथा अवसरवादी र नारीवादी धाराले फैलाएको भ्रमलाई चिर्दै आमूल परितर्वनकारी सिद्धान्त माक्र्सवादी धारामा आवद्ध भई वैज्ञानिक समाजवाद तथा साम्यवादका निम्ति लड्नुपर्ने कुरामा जोड दिनु भयो ।

क्रान्तिकारी महिला र क्रान्तिकारी पुरुष एकढिक्का भएर पितृसत्ताका विरुद्ध लड्नु पर्ने भन्दै महासचिव वैद्यले भन्नुभयाे, ‘नेपालमा भएको जनयुद्धमा थुप्रै शोषित पीडित महिलाहरु जनयुद्धमा सामेल भएका थिए । र उनीहरुले बन्दुक बोके । आधारइलाका, अस्थायी सरकारमा लैङ्गिक विभेदहरु अन्त्य हुँदै गएको थियो । पछि नेतृत्वले जनयुद्धमाथि धोका र गद्दारी गरेपछि ती सबै उल्टिए । अहिले जे जति महिलाका अधिकारहरु संविधानमा उल्लेख गरिएका छन् ती पनि सबै जनयुद्धकै कारण प्राप्त भएका हुन् । तर स्थिति अहिले पुरानै दोहोरिएजस्तो भएको छ ।’

हिजो एमाले र कांग्रेसले जनयुद्धको कालमा हामीमाथि जे गथ्र्यो, आजको यो सरकारले हामीमाथि त्यही गरिरहेको छ । उहाँले भन्नुभयाे, ‘ कम्युनिस्ट महाराजहरुबाट महिला मुक्ति सम्भव छैन । नयाँ जनवादी क्रान्ति, समाजवादी क्रान्तिको प्रक्रिया फेरि अगाडि बढ्छ । सम्पूर्ण सच्चा क्रान्तिकारीहरु र उत्पीडित महिला, जनजाति, मधेसी, मुस्लिम, थारु लगायत सबै शोषित र उत्पीडित वर्गहरुलाई एकताबद्ध तुल्याउनु पर्दछ । अन्ततः जनताको जित निश्चित छ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ