संवैधानिक र कानूनीरूपमा प्राप्त महिला अधिकारलाई पूर्ण कार्यान्वयनमा मुख्यमन्त्रीको जोड

संवैधानिक र कानूनीरूपमा प्राप्त महिला अधिकारलाई पूर्ण कार्यान्वयनमा मुख्यमन्त्रीको जोड

  • आइतवार, फाल्गुन २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

चिप्लेढुङ्गा, २५ फागुन ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुडले ‘समानताको पुस्ता: अन्त्य गरौँ हिंसा, विभेद र असमानता’ भन्ने नाराका साथ मनाउन लागिएको ११० औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा शुभकामना दिनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी शुभकामना सन्देशमा मुख्यमन्त्री गुरुङले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा लैङ्गिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चितता तथा सुख, शान्ति एवं समृद्धिको कामना गर्नुभएको हो ।

सन्देशमा महिलाको हकअधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक विकासका लागि आवाज उठाउने दिनको स्मरण गर्दै प्रत्येक वर्ष ८ मार्चलाई विश्वभर अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाउने गरिएको स्मरण गरिएको छ ।

वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक एवं सबै प्रकारका शोषण, उत्पीडन र विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प रहेको र यसका लागि संवैधानिक र कानूनीरूपमा प्राप्त महिला अधिकारलाई पूर्ण कार्यान्वयन गर्दै थप अगाडि बढ्नु आवश्यक रहेको सन्देशमा उल्लेख गरिएको छ ।

उहाँले वर्तमान परिवेशमा देखिएको नोबल कोरोना भाइरसको सङ्क्रमणले विश्व समुदायलाई नै गम्भीररूपमा प्रभावित गरिरहेकाले कार्यक्रम गर्दा स्वास्थ्यलाई प्राथमिकतमा राखेर त्यसबाट जोगिने उपायका सम्बन्धमा सचेत हुनसमेत आग्रह गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ