एजेन्सी फागुण २५ । आज आठ मार्च अर्थात अन्तराष्ट्रिय श्रमिक महिला दिवस । यस दिनमा ससारभर महिलाहरुले विभिन्न कार्यक्रममा हिस्सा लिएर आफ्नो अधिकारको कुरा गर्दछन् । तर भारत पूर्वोत्तर मणिपुरकी एक ८ बर्षीय बालिकाले भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीलाई चूनौती दिएकी छन् ।
उनले लेखेकी छन् , प्रिय प्रिय नरेन्द्र मोदी जी , यदी तपाई मेरो कुरा सुन्नु हुन्न भने , कृपया मलाई सेलिब्रेट नगर्नुस् ,आफ्नै पहल ३क्जभक्ष्लकउष्चभकग्क को अनुसार मलाई प्रेरणादायी कैयौ महिलाहरुको सूचीमा राखेकोमा धन्यवाद । कैयौ पटक सोचे पछि मैले यो सम्मान अस्वीकार गर्ने निर्णय गरे , जय हिन्द ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मान अस्वीकार गर्ने यी बालिका ८ बर्षीय मणिपुरकी सिलिप्रिया कंगुजम हुन् ।
सिलिप्रियालाई सन् २०१९ मा अन्तराष्ट्रिय वालशान्ति पुरस्कार प्रदान गरिएको थियो । एपीजे अब्दुल कलाम पुरस्कार लगायतबाट सम्मान पाईसकेकी सिलिप्रियाले सरकारले ट्वीटरमार्फत सार्वजनिक गरेको प्रेरणादायी महिलाहरुको सूचीमा आफूलाई नराख्न मात्र भनिन् कि राजनीतिक नेताहरुलाई समेत चूनौती दिदै आफ्नो फाईदाका लागि आफूलाई उपयोग नगर्न चेतावनी पनि दिईन र भनिन् म तपाईहरुको पक्षमा छैन ।

उनले लेखेकी छन् ‘ प्रिय नेताहरु र राजनीतिक पार्टीहरु, मलाई यस कारण प्रशंसा चाहिदैन, यसको साटो ससदको सत्रमा मेरो आवाज उठाउनुस् । मलाई आफ्नो राजनीतिक लक्ष्य र प्रोपोगण्डाको साधनको रुपमा प्रयोग नगर । म तपाईको पक्षमा छैन । ,